१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

नोईदा, - भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक यातायातका साधनको प्रयोग गर्न आह्वान गरेका छन्  ।
इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि  उनले आह्वान गरेका छन्  ।
झण्डै १२ किलोमिटर विस्तार भएको दिल्ली मेट्रोको मागेन्टा लाईनको एक  समारोहमा प्रधानमन्त्री मोदीले सार्वजनिक क्षेत्रको भौतिक संरचनाका लागि सरकारले अत्यधिक धेरै खर्च गरेको बताए  ।

उनले सन् २०२२ मा भारतले ७५औँ स्वतन्त्रता दिवस मनाउने बेलासम्म महत्वपूर्ण पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्य लिएको जानकारी दिए ।

बुहुआयामिक यातायात प्रणालीले इन्धनको प्रयोग कम गराउनुका साथै आम नागरिकको पैसा र वातावरण पनि जोगाउने प्रधानमन्त्री मोदीको भनाइ थियो ।

उनले सार्वजनिक यातायात भन्दा व्यक्तिगत वा निजी सवारी साधन प्रयोग गर्दा प्रतिष्ठा बढ्छ भन्ने मानसिकतामा परिवर्तन आवश्यक रहेकोमा जोड दिए  ।

उनले सार्वजनिक यातायातका साधनको प्रयोगलाई तल्लो दर्जाको रुपमा नहेर्न आग्रह समेत गरे ।
 

प्रकाशित: ११ पुस २०७४ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App