६ वैशाख २०८१ बिहीबार
खेल

भैरहवामामु चितवनको ८८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सलाई जितका लागि ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ ८७ रन बनाएको हो । 
चितवनका लागि दिपेन्दसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान १५/१५ ललितसिंह भण्डारीले नटआउट १३, र आकाश थापाले ११ रनको योगदान दिए । 
चितवनलाई सस्तैमा समेटन भैरहवाका कप्तान शरद भेषावकरले ३, हरीशंकर शाह र भुवन कार्कीले २/२ तथा पुनित मिश्र र कृष्ण कार्कीले १/१ विकेट चडकाए । 
चितवनले आज पनि राम्रो प्रदर्शन गर्न नसक्दा सामान्य स्कोरमै समेटिन पुग्यो । ८८ रनको विजयी लक्ष्यका साथ केहिबेरमा भैरहवा ब्याटिङ उत्रदैछ ।

प्रकाशित: ११ पुस २०७४ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App