coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रुस्मिता–सुशान्त ‘फेसन आइडल’

काठमाडौं–महिला र पुरुष युवायुवतीबीच भएको सौन्दर्य प्रतियोगिता ‘नेपाल फेसन आइडल २०१७’को उपाधि रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । रुस्मिताले विधागततर्फको ‘बेस्ट फिगर’ र ‘बेस्ट वाक’को उपाधि चुम्दा सुशान्तले ‘बेस्ट फिजिक्स’मा चित्त बुझाए । दुवै विजेताले ताजसँगै जनही एक लाख पुरस्कार पनि पाए ।

रशलाइट मिडियाको आयोजना भएको प्रतियोगितामा महिलातर्फ छिरिङ शेर्पाले ‘फस्ट रनर्स अप’सँगै ‘बेस्ट परफरमेन्स’ र पुरुषतर्फ अंकित मानन्धर ‘फस्ट रनर्सअप’सँगै ‘मस्ट कन्फिडेन्ट’ भए । त्यस्तै सुप्रिना शाक्य ‘सेकेण्ड रनर अप’सँगै ‘म्यानेजमेन्ट च्वाइस’ हुँदा पुरुषतर्फ समिप्य श्रेष्ठ ‘सेकेन्ड रनर अप’ हुँदै ‘बेस्ट स्टाइलिस’ बने ।

प्रतियोगितामा रोशेनेन शर्मा ‘मस्ट ट्यालेन्ट’, पारस दाहाल र सन्ध्या दिवाली ‘बेस्ट पर्सनालिटी’, पारस दाहाल ‘बेस्ट वाक’, निरनराज गिरी र फुर्लमु शेर्पा ‘म्यानेजमेन्ट च्वाइस’, सुनिल महर्जन र इस्वाङ लामा ‘फोटोजेनिक’ तथा पवन महर्जन ‘बेस्ट परफमेन्स’ भए । रमिता भण्डारी र प्रज्वल शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक थिए ।

 

प्रकाशित: ११ पुस २०७४ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App