६ वैशाख २०८१ बिहीबार
खेल

मध्यमाञ्चल र पश्चिमाञ्चल फाइनलमा

काठमाडौं–राखेप च्याम्पियनसिपअन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टमा मध्यमाञ्चल र पश्चिमाञ्चलसोमबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोमा भएको खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई २–० तथा पश्चिमाञ्चलले नेपाल प्रहरी क्लबलाई २–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे । उक्त स्पर्धाको फाइनल मंगलबार हुनेछ ।
प्रतियोगितामा ३ विकास क्षेत्र (मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल) तथा १ विभागीय टोली (प्रहरी) का ४४ खेलाडी सहभागी छन् । त्यसमा ३२ पुरुष र १२ महिला छन् । शनिबारसम्म चल्ने प्रतियोगितामा पुरुष/महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
राखेप च्याम्पियनसिपको औपचारिक उद्घाटनपछि पहिलो प्रतियोगिताका रूपमा स्क्वास भएको हो । च्याम्पियनसिपमा विभिन्न २९ खेल समावेश छन् । औपचारिक उद्घाटनअघि मौसम र प्राविधिक कारणले पौडी, ट्रायथलन, कराते र लनटेनिसका राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

 

प्रकाशित: ११ पुस २०७४ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App