coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिटीको छलाङ

लन्डन-इङ्लिस प्रिमियर लिगको मध्यान्तरसम्म आइपुग्दा म्यानचेस्टर सिटीले कीर्तिमानी जितसहित उपाधि होड बलियो बनाएको छ । सिटीका प्रशिक्षक ग्वार्डिओलाले भविष्य सहज बनाउँदा उनका प्रतिस्पर्धीले नयाँ वर्ष २०१८ मा थप उचारचढाव भोग्नुपर्नेछ । लिगका ३८ खेलमध्ये १९ खेल सकिँदा एएफपीले ‘बक्सिङ डे’ का शीर्ष ६ टोलीबारे गरेको रिपोर्ट ः
म्यानचेस्टर सिटी
आबुधावी बेस्ड मालिकले गत वर्ष ग्वार्डिओलालाई नियुक्त गर्दा स्पेनिस प्रशिक्षकले भव्य सफलता दिलाउने सपना देखेका थिए । तर, ठीक विपरीत गत वर्ष सिटी उपाधिविहीन बन्यो । इङ्ल्यान्डमा पहिलो सिजन निराश बनेका बार्सिलोना र बायर्न म्युनिखका पूर्वप्रशिक्षक ग्वार्डिओलाले त्यही टोलीमा जादुमयी परिवर्तन गरे ।

जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको सिटीले कीर्तिमानी लगातार १७ लिग खेलमा विजय हासिल गरिसकेको छ । त्यससँगै सिटीले शीर्ष स्थानमा १३ अंकको स्पष्ट अग्रता लिएको छ । ग्वार्डिओलाले टोलीको पुनर्संरचनामा ठूलो रकम खर्चिए । सँगै उनले प्रमुख खेलाडी रहिम स्टर्लिङ र केभिन डी ब्रुयनाको मनोबल बढाउने काम पनि गरे । अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहिट मंगलबार राति न्युक्यासल युनाइटेडको भ्रमण गर्ने सिटीले अब कति खेल अगावै उपाधि उचाल्छ भन्ने प्रश्न मात्र बाँकी छ ।
म्यानचेस्टर युनाइटेड
प्रिमियर लिगको पहिलो साता रोमेलु लुकाकुले वेस्टह्याम युनाइटेडविरुद्ध जसरी गोल गरे, त्यसले युनाइटेड प्रशिक्षक जोजे माउरिन्होले उत्कृष्ट फरवार्ड फेला पारे भन्ने थियो । एभर्टनबाट युनाइटेड अनुबन्ध भएका लुकाकुले पहिलो १० खेलमा ११ गोल गरेका थिए । त्यति बेला सिटी र युनाइटेडबीच गोल धेरै गर्नेको होड चलेजस्तो देखिन्थ्यो । तर, एक्कासि बेल्जियमका फरवार्ड सोलाए ।
लुकाकु आफ्नै समर्थकमाझ अलोकप्रिय बन्दै जाँदा माउरिन्होले अन्य खेलाडीबाट गोल गराउन सकेनन् । लिभरपुलविरुद्ध गोलरहित बराबरी खेलेपछि माउरिन्होको रणनीति अझ आलोचित बन्यो । आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा २–१ ले पराजित हुँदा युनाइटेडलाई अर्को ठूलो धक्का लाग्यो । मंगलबार बर्नलीलाई आतिथ्य प्रदान गर्ने युनाइटेडले लय समाउन अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
चेल्सी
साबिक विजेता चेल्सीले उपाधि रक्षा गर्ने प्रदर्शन दोहो¥याउन सकेन । इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको टोली अपेक्षकृत चुनौती पेस गर्न पनि असफल रह्यो । सरुवा बजारमा पहिलो रोजाइका खेलाडी भिœयाउन असफल रहेका कोन्टेले उपाधि रक्षा असफल रहेको स्विकारिसकेका छन् । 
सिटीसँग घरेलु मैदानमा १–० ले पराजित भएको चेल्सीले क्रिस्टल प्यालेस र वेस्ट ह्यामलाई नतिजा सुम्पिएपछि लय भट्टाउन संघर्ष गर्नुप¥यो । डेब्यु सिजनमा अपेक्षाकृत गोल गरिरहेका अल्भारो मोरटाको चेल्सीले मंगलबार ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी सिटीभन्दा १६ अंकले पछि छ ।
लिभरपुल
गत शुक्रबार लिभरपुलले आर्सनलसँग नाटकीय ३–३ को बराबरी खेल्यो । प्रशिक्षक योर्गान क्लोपको खेलाउने शैलीमा लोभलाग्दो भए पनि उक्त बराबरीले उनको टोलीमा समस्या छ भन्ने देखाउँछ । प्रमुख चार खेलाडी फिफिप कोटिन्हो, मोहम्मद सालाह, रोबर्टो फिर्मिनो र सडियो माने सम्मिलित लिभरपुलले २–० ले अग्रता लिए पनि पाँच मिनेटको अन्तरालमा ३ गोल खाएको थियो । 
खराब रक्षापंक्ति र कमजोर ‘गोलकिपिङ’ कारण आर्सनलसँग अंक बाँडेका क्लोपले सिमोन मिङनोलेटको मनोबल कति उकासेका छन्, त्यो मंगलबार स्वान्सी सिटीविरुद्धको खेलमा देखिनेछ । 
आर्सनल/टोटेनह्याम
सिटीभन्दा २१ अंकले पछि रहेको आर्सेन वेंगरको आर्सनलले मंगलबार क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ । एलेक्सिस सान्चेज र मेसुट ओजिलसँगको सम्झैता नवीकरण नगरी सिजनको सुरुआत गरेको आर्सनलले सुरुमै धक्का बेहोरेको थियो । २००४ पछि उपाधिका लागि तिर्खाएको आर्सनलले अझै एक वर्ष कुर्नुपर्ने पक्का छ।

उत्तरी लन्डनको अर्को क्लब टोटेनह्यामले पनि गत सिजनको प्रदर्शनलाई दोह¥याउन सकेन । गत वर्ष दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको टोटेनह्याम अहिले पाँचौ स्थानमा छ । ह्वाइट हर्ट लेनको पुर्नसंरचनाका कारण वेम्वलीलाई घरेलु मैदान बनाएको टोटेनह्यामले बक्सिङ डेमा साउथह्याम्पटनविरुद्ध खेल्नेछ ।

 

प्रकाशित: ११ पुस २०७४ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App