स्थानीय तहले विद्यालय व्यवस्थापन समिति पुनःगठन गर्न सक्ने

सोमबार, १० पुष २०७४, २० : १७ नागरिक

प्रकाश सिलवाल

काठमाडौँ (रासस)-  विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संविधानतः स्थानीय सरकारमा भएकाले सामुदायिक विद्यालयका व्यवस्थापन समितिको गठन/पुनःगठन उसकै कार्यक्षेत्रमा पर्ने भएको छ।

कतिपय स्थानीय तहले सामुदायिक विद्यालयको व्यवस्थापन समिति विघटन गरी सम्बन्धित वडाध्यक्षहरुको नेतृत्वमा समिति गठन गरेकामा अन्योल सिर्जना भइरहेका सन्दर्भमा शिक्षा मन्त्रालयले आवश्यक नीति र पद्धति बसालेर स्थानीय सरकारले व्यवस्थापन समितिलाई सञ्चालन गर्न सक्ने जनाएको हो । कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानिन्छ।

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिकाले यही पुस ३ गतेको निर्णयबाट त्यहाँका सबै सामुदायिक विद्यालयको विद्यमान व्यवस्थापन समिति विघटन गरी हाललाई सम्बन्धित वडाध्यक्षको नेतृत्वमा समिति गठन गरेर निर्देशनात्मक पत्राचार गरेका विषयमा सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले आपत्ति जनाएको थियो । विगतमा स्थानीय निकाय हुँदा विद्यालय व्यवस्थापन समितिमा पदेन प्रतिनिधित्वको व्यवस्था थियो।

विद्यमान शिक्षा ऐन र नियमावलीअनुसार गठित व्यवस्थापन समितिलाई कसरी थप प्रभावकारी बनाउने र त्यहाँको शिक्षाको गुणस्तर वृद्धि गर्ने भन्ने विषय सम्बन्धित स्थानीय तहकै अधिकार क्षेत्र भएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्पष्ट पारे।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिसँगको कार्यशालामा उनले भने, “संविधानको अनुसूचीमै माध्यमिक शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले व्यवस्थापन समितिलाई कसरी प्रभावकारी बनाउने उसकै कार्यक्षेत्र हो तर कार्यकारी समितिबाट विधि र पद्धति बसाएर निर्णय गरी नयाँ नीति वा निर्णय लागू गर्दा उचित हुन्छ।”

मुलुकभर हाल करिब ३४ हजार विद्यालय छन् । तीमध्ये कतिपयमा विद्यालय व्यवस्थापन समिति अद्यावधिक छैनन् । विद्यमान शिक्षा नियमावलीमा अभिभावक वा समाजसेवीमध्येबाट व्यवस्थापन समिति निर्वाचित गरिने व्यवस्था छ । यस्तो व्यवस्थालाई सम्बन्धित प्रदेश वा स्थानीय सरकारपिच्छे फरक फरक ढाँचामा पनि परिमार्जन गर्न सकिने मन्त्रालयको भनाइ छ।

महासंघका अध्यक्ष कृष्ण थापाले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकारको हुनुलाई आफूहरुले स्वागत गरे पनि एकपक्षीय र अलोकतान्त्रिक तरिकाबाट विद्यालय व्यवस्थापन समितिलाई विघटन वा पुनःगठन गर्न नहुने बताए।
महासंघले यही पुस ५ गते सम्बन्धित गाउँपालिका अध्यक्षलाई सोबारे ध्यानाकर्षणसमेत गराएको थियो। “विद्यालय व्यवस्थापन समिति त्यहाँका प्रक्रियाबमोजिम विद्यालयका अभिभावकहरुको औपचारिक भेला गरेरै चयन गर्नु प्रक्रियागत हुन्छ”, थापाले भने, “स्थानीय सरकारले विद्यालय सुधारका लागि सिर्जनात्मक काम गर्नु स्वाभाविक हो तर गैरकानुनी र हुकुमी शैलीबाट हस्तक्षेप गर्न मिल्दैन।”
 

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad