४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

चीन–जापानबीचकाे विवाद उत्कर्षमा

जापान–चीनले लडाकु जेट र बम्बरहरु विवादित साउथ चाइना सीस्थित टापुमा पठाएपछि जापान र चीनबीच विवाद बढेको छ । उक्त स्थल जापानी नियन्त्रणमा छ तर चीनले पनि आफ्नो हो भनी दावी गर्दै आएको छ  । चीनले २३९ वटा पानीजहाजको समुह सेनक्याकु क्षेत्र नजिक लगेपछि तनाव बढेको हो । बेइजिङले त्यसलाई ड्यायोयु टापु नाम दिएको छ । बेइजिङले गत महिनादेखि उक्त क्षेत्रमा हवाई निगरानी बढाएको हो ।

अर्को छुट्टै घटनामा जापानले २ सय ३० वटा पानी जहाजको समुह जापानी नियन्त्रणको सामुन्द्रिक क्षेत्र नजिकै लगेको बताएको छ । २ सय ३० मध्ये ६ वटा तटरक्षक पानी जहाज रहेको र तीमध्ये तीनवटा सशस्त्र रहको देखिएको जापानले बताएको छ ।  जापानले विरोधमा चिनियाँ कूटनीतिज्ञहरुसँग स्पष्टीकरण लिएको छ । केही वर्षयता बेइजिङले उक्त सामुन्द्रिक क्षेत्रमा आफ्नो अधिकार बढाउँदै लगेको छ । पछिल्लो घटनामा चिनियाँ पानी जहाजहरु जापानी सेनक्याकु टापु नजिकैबाट चलाइएका थिए ।

जापानी विदेश मन्त्रालयका प्रवक्ताले पानी जहाजको झुण्ड पठाउएर चीनले यो क्षेत्रमा एकतर्फी तनाव बढाएको बताए । दुई देशलाई छुट्याउने इस्ट चाइना सी को सम्पदा उपयोग संयुक्त रुपमा गर्नेबारे करिब एक दशक अघि टोकियो  र बेइजिङबीच समझदारी भएको थियो । तर केही वर्षयता चीनले उक्त टापुतर्फ बढ्दो संख्यामा पानीजहाजहरु पठाइरहेको छ । र त्यो जापानले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने परीक्षण गर्ने प्रयत्न हो जस्तो देखिएको छ ।

तर गत महिना हेगस्थित द पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेशनको एउटा ट्राइब्युनलले उक्त समुन्द्रमाथि चीनले प्रकट गर्दै आएकोे दावीको कानुनी आधार नरहेको आदेश जारी गरेको थियो ।

 

प्रकाशित: २४ श्रावण २०७३ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App