८ वैशाख २०८१ शनिबार
समाज

जग्गा विवादमा प्रहरीद्वारा हवाई फायर

रौतहट- रौतहटको गरुडा नगरपालिकामा जमिन सम्बन्धी विवादमा सोमवार गोली चलेको छ। गरुडा नगरपालिका ८ जिंगडियाका हरिकिशोर ठाकुरले आफ्नो जमिन मिचिएको भन्दै अमिन ल्याएर नापी गर्दा छिमेकी अतिउल्लाहको खेतमा करिब पाँच फिटसम्म पुगेपछि विवाद उत्पन्न भएको थियो।

 आफू नभएको मौका छोपी ठाकुरले बलजफ्ती मेरो खेत हडप्न खोजेको भन्दै विवाद परेपछि सोमवार दुवै पक्षमा झगडा भएको थियो। झगडामा दुवै पक्षबीच ढुंगा–इँटा प्रहार हुन थालेपछि साम्य पार्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । घटनामा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएपछि स्थिति शान्त भएको थियो । घटनामा संलग्न रहेका दुई जनालाई गरुडा प्रहरीले नियन्त्रण लिएपछि स्थानीयले चन्द्रपुर गौर सडक खन्डको जिंगडियाका करिब साढे दुई घन्टा चक्काजाम समेत गरेका थिए। दुवै पक्षले गाउँमै झगडा मिलाउने सहमति गरेपछि प्रहरीले दुवैलाई छाडेको छ । साँझदेखि स्थिति शान्त रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी गराएका छन्। दुवै पक्षको इँटा तथा ढुंगा प्रहारबाट घाइते चार जनाको गरुडामा उपचार भएको छ।

प्रकाशित: १० पुस २०७४ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App