८ वैशाख २०८१ शनिबार
अर्थ

सशस्त्रका २० गोताखोरलाई निःशुल्क दुर्घटना बीमा

काठमाडौं (रासस)-  सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ।

विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४औँ स्थापना दिवसको अवसरमा उनीहरुको निःशुल्क बीमा गरेको हो ।

तालीम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा प्रणव सेनले जानकारी दिए।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले देश र जनताको सेवालाई मूलमन्त्र सम्झिएर संगठन विपद् व्यवस्थापनलगायत प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट पूरा गर्न अनवरतरुपमा क्रियाशील रहेको सन्दर्भमा बीमाले थप उत्साह बढाउने बताए।

बलका अधिकृत तथा जवानले बंगलादेशबाट गोताखोर तालीम हासिल गरेका छन् । विपद् व्यवस्थापनको कार्य एकल प्रयासमा मात्रै सम्भव नहुने कुरालाई हृदयंगम गर्दै संगठनले सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै दायित्व निर्वाह गरिरहेको चर्चा गर्दै गोताखोरलाई इन्स्योरेन्स कम्पनीले गरेको निःशुल्क बीमा कार्यक्रमबाट सशस्त्र प्रहरी कर्मचारीको हौसला अभिवृद्धि हुने विश्वास व्यक्त गरे।  

जोखिमयुक्त मात्र नभएर हरेक कार्यका लागि बीमा कार्यक्रम महत्वपूर्ण रहेको चर्चा गर्दै डा सेनले व्यक्तिगतरुपमा समेत बीमा जरुरी रहको बताए। सो कम्पनीले बलका २० जनालाई प्रतिव्यक्ति रु दुई लाखका दरले निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरेको हो।

 

प्रकाशित: १० पुस २०७४ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App