७ वैशाख २०८१ शुक्रबार
समाज

नेपालगञ्नमा सुविधा सम्पन्न तालिम केन्द्र निमार्ण

काठमाडौं–कुनै समय थियो जतिवेला महिला प्रहरी क्षेत्रीय प्रशिक्षण  केन्द्र नेपालगञ्जमा तालिम दिन आउन समेत आनाकानी गर्थे । प्रहरी सेवामा लागेपछि समय समयमा पाइने तालिम लिन मरिहत्ते गर्ने भएपनि महिलाको खास आर्कषण  थिएन। महिलामैत्री भवन नहुँदा उनीहरु तालिममा जान अनाकानी गर्थे। महिला तथा आफ्ना बच्चाका लागि राख्ने स्थान नहुदाँ  तथा पुरुषकै हुलमा मिसिएर तालिममा सहभागी हुदाँ अधिकांशले आनाकानी गर्ने गरेका थिए ।
तर त्यो समस्याले कोल्टे फेरेको छ । नेपालगञ्जमा रहेको तालिम केन्द्रमा तालिम भनेपछि उत्साहित हुनेको संख्या बढेको छ। शान्ति कोषले महिला मैत्री भवन निर्माण गरेपछि  तालिमका लागि महिलालाई सहज भएको हो। शान्तिका लागि सरकार र दातृ निकायले संयुक्त रुपमा जम्मा गरेको रकमबाट शान्ति मन्त्रालय अन्र्तगतको नेपाल शान्ति कोषले क्षेत्रीय तामिल केन्द्रमा अलग्गै महिला व्यारेक निर्माण गरेपछि उक्त क्षेत्रमा महिला प्रहरीहरुको उत्साह र सहभागी वृद्धि भएको हो ।
‘शान्ति कोषको आर्थिक सहयोगमा भवन निर्माण भएपछि तालिम लिन आउने महिला प्रहरीहरुमा नयाँ जोस फर्केको पाएका छौं’, तालिम केन्द्रकी महिला प्रशिक्षक देवकुमारी पाण्डेले भनिन्, ‘बच्चा राख्ने अलग्गै बस्ने महिला ब्यारेक भएकाले सुरक्षित हुँदै तालिममा मात्रै ध्यान दिन थालेका छन्।’
केही समय पहिला आउने महिला जवानका गुनासो र समस्या धेरै सुन्न परेकोमा हाल त्यसको समाधान भएको उनले बताइन् ।
‘महिला ब्यारेक निर्माण भएपछि सुरक्षित महसुस गरेका छौं,’ प्रशिक्षक पाण्डेले भनिन्, ‘पुरुषसँग कोठा साटेर बस्नु पर्दा मानसिक समस्या समेत हामीहरुले भोग्दै आएका थियौं।’ २ करोड ३२ लाखमा क्षेत्रीय तामिल केन्द्रको भवन  एक वर्ष अघि निर्माण सम्पन्न भएको थियो।  नेपालगञ्जमा रहेको उक्त भवनले मध्य पश्चिम क्षेत्रमा तालिम सञ्चालन गर्ने छ ।
शान्ति मन्त्रालयको सहयोगपछि निर्माण भएको भवनमा आधुनिक प्रयोगशाला,बाल बच्चा राख्ने, खेल्ने  केन्द्र, इ–लाइवेरी, अडियो भिडियो क्लास रुम ,किचेन र आवास गृह रहेको प्रशिक्षण केन्द्रका इन्जिनियर रोशन सारुले बताए।  १३० जनाको क्षमता रहेको भवनमा आधुनिक तालिम सञ्चालन हुने व्यारेक भूकम्प प्रतिरोधी निर्माण गरिएको सारुले बताए । रुकुल, रोल्पा, दाङ, प्युठान र बाँके बर्दियालगायत १५ जिल्लाको तालिम केन्द्रले सेवा दिँदै आएको छ।
द्वन्द्वकालमा आक्रमणमा परेका मध्ये कोषले ६० वटा प्रहरी केन्द्र निर्माण गर्न सहयोग गरेको थियो। क्षेत्रीय तालिम केन्द्र ब्यारेक ,इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय निर्माणमा कोषले सहयोग गरेको शान्ति मन्त्रालयका सहसचिव वेद फूयाँलले बताए । माओवादीले २०५० देखि २०६२साल सम्म सञ्चालन गरेको शसस्त्र द्वन्द्वका  क्रममा पश्चिमाञ्चल क्षेत्रका २२४ प्रहरी केन्द्र ध्वस्त पारेको थियो। त्यसमध्ये विभिन्न जिल्लामा गरी २५ प्रतिशत प्रहरी कार्यालय शान्ति कोषको सहयोगपछि समाजमा पुनस्थापना हुन सहयोग पुगेको इन्जियिर सारुले बताए । हालसम्म ५३ वटा भवन निर्माण भइसकेको छ भने ७ वटा भवन सम्पन्न हुने चरणमा रहेको सहसचिव फूयाँलले बताए।

 

प्रकाशित: ६ असार २०७३ ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App