८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषध सहित ५ पक्राउ

उदयपुर- उदयपुर प्रहरीले लागुऔषध प्रयोग र कारोबारको आरोपमा ५ युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सदरमुकाम त्रियुगा नगरपालिका ३ बाट उनीहरुलाई पक्राउ गरिएको हो। एउटै वडाबाट पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का २४ वर्षीय मिथुन चौधरी, १९ वर्षीय ओमप्रकाश चौधरी, १७ वर्षीय दिबश लोहनी र २२ वर्षीय राकेश रोक्का रहेको प्रहरी भनाई छ।

प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागू औषध नाईट्रोजन ट्याप्लेट १८ थान, डाईजोल्याप ३ थानका साथै नगद ४ हजार ४ सय ३० रुपैँया पनि बरामद गरेको छ । उनीहरुको साथबाट स ७ प ९१६३ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ । त्यसैगरी प्रहरीले शनिबार साँझै ३९ थान नाईटोजन ट्याब्लेट र स्पास्मोप्रोशिवन १६ थानसहित नगरपालिकाकै १८ वर्षीय उपेन्द्र साहलाई पनि पक्राउ गरेको छ।

साहको साथबाट ८० ग्राम गाँजा पनि बरामद भएको छ। पक्राउ सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । प्रहरीले वितेको ४ महिनामा लागू औषध र सामाजिक अपराधमा संलग्न भएको आरोपमा १ सय १२ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ।

जसमध्ये ५६ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा २५ जनामाथि अनुसन्धान भईरहेको छ । ८७ जना अनुसन्धानपछि रिहा भएका छन् भने २० जनालाई पुर्पक्षका लागि जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको एसपी भट्टले बताए।

 

प्रकाशित: १० पुस २०७४ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App