coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णाली आन्दोलनका शहिद हरिबहादुरको सालिक बन्ने

जुम्ला– कर्णालीलाई सुदूरपश्चिमसँग जोडेको भन्दै कर्णालीको जुम्लामा सञ्चालन भएको आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद हरिबहादुर कुँवरको स्मृतिमा सदरमुकाम खलंगामा सालिक वन्ने भएको छ । जिल्ला प्रशासन कार्यालयदेखि पूर्व, उद्योग शाखा कार्यालयदेखि उत्तर, चन्दननाथ मन्दिर जाने मूलबाटो देखि पश्चिम र खलंगाको मूल बजारको दक्षिण क्षेत्रमा शहिद कुँवरको कलात्मक शालिक बन्न लागेको हो ।
१० वर्गमटिर जग्गाभित्र निर्माण गरिने शालिकका लागि आवश्यक बजेट चन्दननाथ नगरपालिका र गाउँपालिकामा माग गर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको सर्वपक्षीय र सर्वदलीय बैठकले हरिबहादुर कुँवरको शालिक निर्माण गर्नुका साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको जीविकोपार्जनका लागि पहल थाल्ने निर्णय भएको हो ।
खलंगामा शहिद कुँवरको शालिक निर्माण गर्ने, अक्षयकोषको स्थापना गर्ने र कुडारी ताम्ती सडकलाई हरिबहादुर स्मृति मार्गका रुपमा घोषणा गर्ने यसअघि नै निर्णय भइसकेको थियो । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले संस्थागत, व्यक्तिगत र पुस्तक पढौँ, अक्षयकोष बढाउ भन्ने मान्यताका साथ अघि बढेको बताए । उनले भने– ‘जिल्ला प्रशासन अगाडि आन्दोलनको मोर्चा, घाइते भएको स्थान, आन्तरिक तथा बाह्य पर्यटकको प्रवेशद्धार नै भएकाले प्रशासन कार्यालय अगाडिको जग्गामा शालिक बनाउने निर्णय भएको हो । शालिकसँगै शहिदपार्क स्थापना गर्नु पर्ने, प्रादेशिक आन्दोलनको योद्धा भएकाले प्रदेश राजधानीमा कर्णाली आन्दोलनका सबै घाइतेको शालिक बनाइनुपर्ने बैठकका सहभागीले जनाएका थिए ।
जग्गा छनौट प्रक्रिया अघि बढ्न नसक्दा शालिक निर्माणका लागि आएको बजेट सदुपयोग हुन नसकेको भन्दै यो निर्णयले खलंगामै आन्दोलनको अभिव्यक्ति दिने कलात्मक शैलीको शालिक वन्नेमा दुईमत नभएको उनले बताए । शालिक कहाँ निर्माण गर्ने भन्नेबारेमा एक सय बढी फरक फरक पहिचान बोकेका व्यक्तिसँगको प्रतिक्रिया संकलन गरिएको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी बुढ्थापाले शहिद कुँवरको शालिक निर्माण, शहिदपार्क र अक्षय कोषलाई प्रभावकारी बनाउँदै लगे उनको सँच्चा सम्मान हुने बताए । उनले भने– ‘कर्णालीको अमूल्य निधी शहिद हरिबहादुर कुँवरको योगदानलाई बचाइराख्न सबै कर्णालीवासीको महत्वपूर्ण भूमिका रहन आउँछ । २०७२ साउन १२ गतेदेखि सुरु भएको कर्णाली आन्दोलन भदौ १२ सम्म चलेकोमा भदौ ६ गते शहिद कुँवरको मृत्यु भएको थियो ।

प्रकाशित: १० पुस २०७४ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App