coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बगैँचाले सडक बन्यो ढल

गुह्येश्वरीमागलत डिजाइनमा बनेको पुल । तस्बिर : खिलक

गलतडिजाइनका कारण गोकर्ण–सिनामंगलबाग्मतीकरिडोर सडक किनाराका बगैँचा सडकभन्दा अग्लाभएका छन्।

करिडोरको सौन्दर्य बढाउन बनाइएकाबगैँचाअग्लो हुँदा सडकको आयु दीर्घकालीननहुने देखिएको छ ।अधिकार सम्पन्नबाग्मतीसभ्यताएकीकृत विकास समितिलेबनाएको बगैँचा सडकभन्दा अग्लो भएको हो। 

करिडोरको सौन्दर्य बढाउन बनाइएका बगैँचाअग्लो हुँदा सडकको आयु दीर्घकालीननहुने देखिएको छ । अधिकार सम्पन्नबाग्मती सभ्यताएकीकृत विकास समितिले बनाएको बगैँचा सडकभन्दा अग्लो भएको हो । 

समितिले गोकर्णदेखि सिनामंगलसम्म सातकिलोमिटर क्षेत्र हरितउद्यानबनाइरहेको छ । ‘समितिले सौन्दर्यकरण गर्न जसरी संरचनाबनाइरहेको छ,त्यो सडक संरचनाकालागिप्रतिकूल छ,’ सडक डिभिजन कार्यालय काठमाडौं–१काप्रमुखमुकुन्दअधिकारीले भने, ‘सडकभन्दाअग्लो संरचनाबनाउँदा वर्षायाममाडुबानमा परेर हिँड्नै नसकिने हुन्छ भनेसडककालोपत्रे पनि चाँडै उप्कन्छ।’ 

उनीसमितिले उद्यानको डिजाइनगर्दा सडकलाई कसरी अनुकूलबनाउने भन्ने ख्यालनगरेको आरोप लगाउँछन्। स्थानीयवासीले समेत सडकभन्दा सौन्दर्यकरणकालागिबनाइएका संरचनाअग्लो भएकामाविरोध गर्दै आएका छन्। स्थानीयवासीमाधव पुडासैनीकाअनुसार वर्षाका बेलासडकको पानीखोलातिर जाने व्यवस्थानगरे बस्तीमा पसी डुबान हुने सम्भावना छ।

सडकभन्दाउद्यान संरचना डेढ फिट अग्ला रहेको पुडासैनीले बताए । ‘समितिले स्थानीयलाई सुरुदेखि नै बेवास्तागर्दै आएको छ,’ बाग्मती सफाइअभियानमासुरुदेखि सहभागीहुँदै आएकापुडासैनीले भने, ‘अहिले सौन्दर्यकरणको कामगरिरहेको क्षेत्रमायत्रो पैसा खन्याउनु आवश्यक नै थिएन ।’ उनले हाल बगैँचाबनिरहेको क्षेत्रमादुवैतिर पर्खाल लगाएर खुला स्थानमाविभिन्न संघ–संस्थाले पाटी बनाउने र बिरुवा रोप्ने कामगरिसकेको बताए । 

पुडासैनीकाअनुसार बाग्मती सफाइकाक्रममाव्यक्तितथा संघ–संस्थाले किनारामा रोपेकाबिरुवा समेत समितिले नजोगाएको आरोप लगाए । दाताले दिएको रकम सक्नकालागिउद्याननिर्माण गरिएको उनले दाबी गरे । 

उद्यानबनाउँदाकेहीस्थानमा सडकभन्दा अग्लो संरचनाबनेको समितिले स्विकारेको छ । ‘सबै ठाउँमा छैन, केही ठाउँमा सडकभन्दा अग्लो संरचना देखिएको छ,’ समितिकासिनियर डिभिजन इन्जिनियर योगेन्द्र चित्रकारले भने, ‘संरचनाअग्लो भएको ठाउँमा पनिपानीजमेर पोखरी हुने अवस्था देखिँदैन ।’ चित्रकारले सडकभन्दा अग्ला संरचनाकाकारणपानीजमेर समस्याआएसमितिले पानी कटाउनेबताए।

समितिले एसियालीविकास बैंक (एडिबी)को सहयोगमा सौन्दर्यकरणको कामगरिरहेको हो । गोकर्ण–सिनामंगल क्षेत्रको सातकिलोमिटरमासौन्दर्यकरणका लागिकरिब दुई अर्ब रुपैयाँखर्च हुने अनुमान छ ।उद्यानबनाउने क्रममा समितिले हरियालीबीचमा साइकल लेन र फुटपाथ समेत बनाउनेछ। 

सडकभन्दाअग्लो पुल

गुह्येश्वरीमै बाग्मतीमासडकभन्दा निकै अग्लो पुलबनाएको पाइएको छ । सडकभन्दापुलअग्लो बनेकाले यो प्रयोगविहीनभएको छ । सडक डिभिजन कार्यालय काठमाडौं–१ अन्तर्गत करिब डेढ वर्षअघि यो पुलबनेको हो । ‘पुल सडकको स्तरभन्दाअग्लो देखिएको छ,’ डिभिजन कार्यालयकाप्रमुखमुकुन्दअधिकारीले भने, ‘पुल डिजाइनकै क्रममाकमजोरी भएको देखिन्छ ।’ उनले पुल र खोलाबीचको दूरीअनुसार डिजाइन ठीकैदेखिएको छ । उनले सडकको उचाइ बढाएर पुलप्रयोगमाल्याउने बताए।

प्रकाशित: १० पुस २०७४ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App