४ वैशाख २०८१ मंगलबार
खेल

१४८ रनको लक्ष्य पछ्याउदै काठमाडौं

काठमाडौं–एभरेष्ट प्रिमियर लिग (इपीएल) को पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किङ्स ११ लाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको  विराटनगरले निर्धारित २० ओभरमा ७विकेट गुमाई १४७ रन बनाएको हो । विराटनगरका लागि बाबर हयातले सर्वाधिक ६७ रनको योगदान दिए । उनले सो क्रममा ५० बलको सामना गरी ५ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाएका हुन।

त्यस्तै अंशुमन रथले २६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ब्याटिङ ३२ र कप्तान पारस खड्काले २५ बलमा २६ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर छुन सकेनन्।  विराटनगरलाई १४७ रनमा समेटन काठमाडौंका लागि सोमपाल कामी र अमर राउटेलाले २/२ तथा जितेन्द्र मुखिया र फरवेज मेहेरुफले १/१ विकेट हात पारे।

१४८ रनको विजयी लक्ष्यका साथ अहिले काठमाडौं किङ्स ११ ब्याटिङ गरिरहेकाे छ ।

 

प्रकाशित: १० पुस २०७४ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App