८ वैशाख २०८१ शनिबार
समाज

सगरमाथाको उचाइ नापिने

काठमाडौं- सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ आठहजार आठसय ४८ मिटरलाई मानिन्छ । यो उचाइ नेपालले नापेर पत्ता लगाएको थिएन । भारत, चीन, अमेरिका लगायतका देशले सगरमाथाको उचाइ नाप्ने काम गरेका थिए । अबचाहीँ नेपाल आफैंले सगरमाथाको उचाइ पत्ता लगाउने भएको छ ।
सन् १८५५ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ आठहजार आठसय ४८ मिटर रहेको पत्ता लगाएको थियो । सर्वे अफ इन्डियाका तर्फबाट जर्ज एभरेस्टले उचाइ मापन गरेका थिए । सगरमाथाको अंग्रेजी नाम उनकै नामबाट माउन्ट एभरेस्ट रह्यो ।
सन् १९७५ मा चीनको चाइनिज स्टेट व्युरो अफ सर्भेइङ् म्यापिङ्ले सगरमाथाको उचाइ मापन गर्दा आठ हजार आठ सय ४४ मिटर आयो । सो उचाइ चट्टानी सतहको थियो । हिउँसहित नाप्दाचाँही चीनले पनि आठहजार आठसय ४८ मिटर नै पत्ता लगायो । छिमेकी मुलुक भारत र चिनको मात्रै नभएर अमेरिका, इटाली जस्ता देशको चासो पनि सगरमाथामा देखियो । अमेरिकन नेशनल जिओग्राफी र इटालीले सन् १९९९ मा छुट्टाछुट्टै रूपमा सगरमाथाको मापन गरे । अमेरिकी टोलीले सगरमाथाको उचाइ आठहजार आठसय ५० र इटाली टोलीले आठहजार आठसय ४७ मिटर उचाइ पत्ता लगाए । तर, यी मापनलाई मान्यता दिइएन ।
मापन गर्दाको फरकले सगरमाथाको उचाइ कति होला भन्ने जिज्ञासा सदैव रहँदै आएको छ । विस २०७२ वैशाखमा गएको भूकम्पले नेपालको भौगोलिक अवस्थितिमा समेत परिवर्तन ल्याएपछि सगरमाथाको उचाइका बारे झनै चासो हुन थालेको छ । जलवायु परिवर्तन देखिएर उचाइ घढबढ भयो कि भनेर शंका उब्जिएको बेला भूकम्पपछि त छिमेकी मुलुक भारतले सगरमाथाको उचाइ मापनको आवश्यकता रहेको बताउँदै आफूले उचाइ नाप्ने बतायो । भारतसँगै चीनले पनि सगरमाथाको उचाइबारे चासो देखाएपछि नेपालले सगरमाथाको उचाइ नाप्ने तयारी गरेको छ ।
आर्थिक र प्राविधिक रूपमा नेपाल सक्षम भएको हुँदा सगरमाथाको उचाइ नाप्न कठिन नरहेको बताउँदै नापी विभागले त्यसको तयारी थालेको छ । विभागले सगरमाथा मापनका कार्यविधि र कार्ययोजना बनाइसकेको छ । जसअनुसार सगरमाथाको उचाइ मापनमा २५ करोड रुपैयाँ खर्च लाग्छ । मौसमले बाधा नपु¥याए तथा योजनाअनुरुप काम गर्न पाए विभागले दुई वर्षभित्र मापनको काम सम्पन्न गर्नेछ ।
विभागका सूचना अधिकारी अनिल मरासिनीका अनुसार सगरमाथाको उचाइका बारे नेपालले तयार गरेको कार्यविधि विभिन्न देशका विज्ञसँगको छलफल पश्चात तयार पारिएको थियो । ‘सगरमाथा नापीको कार्यविधि हामीले अन्तर्राष्ट्रियस्तरका विज्ञसँग छलफल गराएका छौं,’ प्रवक्ता मरासिनीले भने, ‘कार्यविधिमा सामान्य परिमार्जन र महŒवपूर्ण सुझाव थप्नुपर्ने भएको छ ।’ छलफलमा अमेरिका, चीन, भारत, जापान, इटाली लगायतका देशका विज्ञका समूहको सहभागीता थियो । कार्यविधिलाई अन्तिम रूप दिएर डिसेम्बरभित्र सरकारलाई बुझाएर बजेटको माग गरेर काम सुरु गर्ने योजना विभागसँग छ । ‘सगरमाथाको उचाइ नापेर देखाउनुले सगरमाथा हाम्रो भनेर भन्दाको गौरव अझै बढ्नेछ,’ मरासिनीले भने ।  उनका अनुसार सगरमाथाको उचाई घट्नु वा बढ्नुभन्दा पनि नेपालले नापेर देखाउनु पहिलो हो ।

प्रकाशित: १० पुस २०७४ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App