coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेलेरियोको टेष्ट ड्राइभ अभियान सुरु

काठमाडौं – सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पियन सञ्चालन गरेको छ।

‘उपभोक्तालाई खरिद निर्णय लिनु पूर्व पूर्ण फस्र्ट ह्याण्ड अनुभव तथा सुन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले अभियानको थालनी गरेको हो’, मार्केटिङ एण्ड स्ट्याटिजीका डीजीएम सिरज पन्तले भने, ‘आफ्नो लगानीका लागि सही तथा निर्धक्क निर्णय लिने कार्यमा सघाउने सोचका साथ हामीले ‘दि परफेक्ट फेमिली कार’ सेलेरियोका लागि यो अभियान सञ्चालनमा ल्याएका हौँ, हामी आफ्ना उपभोक्तालाई पहिलो अनुभव प्रदान गर्दैै हाम्रो दावीमा हामी कती प्रतिबद्ध छौँ भन्ने कुराको सही मूल्यांकन गर्न सघाउने सोचका साथ यो अभियानको थालनी गरेका हौँ।’

अभियानका लागि कम्पनीले समर्पित परीक्षण सवारी साधनको व्यवस्था गरेको छ । साथै, अनुभवका लागि उपभोक्तालाई थप सहजताको अनुभव होस् भन्ने सोचका कम्पनीले तिनलाई पायक पर्ने स्थानमै टेष्ट राइड उपलब्ध गराउन प्रयासरत रहेको उनले जानकारी दिए। 

हरेक टेष्ट राइडमा उपभोक्ताले आकषर्क उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्परका रुपमा रु. १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। 

प्रकाशित: ९ पुस २०७४ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App