सामानको मूल्य बृद्धि हुँदा भूकम्प पीडितलाई समस्या

आइतबार, ०९ पुष २०७४, १५ : २८ अनिल भण्डारी

सिन्धुली- सरकारले भूकम्प पीडितलाई पौष मसान्त सम्ममा दोस्रो किस्ता लिनु पर्ने लिष्ट सार्वजानिक गरेसँगै भूकम्प पीडितलाई घर बनाउने सामानको अभाव हुन थालेको छ। एकै पटक जिल्लाका अधिकांश घरबन्न थालेपछि घर बनाउने सामानको मूल्य बृद्धिका साथै अभाव भएको हो।

२०७३ सालको साउनसम्ममा सम्झौता गर्नेले २०७४ असार मसान्तमा घर बनाइसक्नु पर्ने प्रावधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजानिक गरेपछि जिल्लामा धेरै नीजी अवास एकसाथ बन्न थालेका छन् । नीजी अवास एक साथ बन्न थालेको मौका छोपी अधिकांश घर निर्माण गर्ने सामानको भाउ बढेको छ। हार्डवयरका सामाग्री देखि नदी खोलाबाट उत्खनन गरि ल्याइने गिट्टी बालुवाको समेत भाउ दोब्बर झै भएको भूकम्प पीडित बताउँछन्।

प्रति ट्याक्टर बाह्र सय देखि पन्ध्र सय पर्ने ढुङगालाई हाल २२ सय देखि २५ सय सम्म प्रतिट्याक्टर व्यापारीले लिन थालेका छन्। खोलामा ढुङगाको अभाव भएको भन्दै ट्याक्टर धनीले भूकम्प पीडितलाई ढुङगा बालुवाको मुल्यमा दोब्बर बढाएका हुन्। केहि महिना अगाडीसम्म ढुङगाको भाउ खासै बढेको थिएन, हाल एक्कासी ढुङगाको मूल्य बढेछ, कमलामाई नगरपालिका ४ का माइला सार्कीले भने–‘जसोतसो ट्याक्टर साहुलाई भनेर २३ सय रुपैयाँ ट्याक्टरमा ढुङगा ढुवानी गर्दैछु ।’ उनका अनुसार तिनै ट्याक्टर साहुले दुई महिना अगाडीसम्म पन्ध्र सय रुपैयाँ ट्याक्टरमा चाहेजति ढुङगा दिने गरेका थिए। जिल्लाको कमला नदी, मरिण खोला ग्वाङ खोला लगायतबाट ढुङगा निकालेर व्यवसायीले भूकम्प पीडितलाई बेच्दै आएका छन्। झन्डै ३४ हजार घर २०७२ सालको बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भन्दै पूनर्निर्माणका लागि सरकारले लाभग्राहीको सूचीमा राखेको छ । तीनै घरहरु धमाधम बन्न थालेपछि हाल सदरमुकाम सिन्धुलीमाढी सहित गाँउगाँउमा घर बनाउने सामाग्री अभावका साथै महङगो मूल्य पर्न थालेको भूकम्प पीडित बताउँछन् । सरकारले दिएको तीन लाख रुपैयाँले जगभित्रै राख्ने ढुङगा र बालुवा किन्दै सकिने भयो, तिनै माइला सार्कीले भने–‘पहिले पो ढुङगा बालुवा केहि सस्तो थियो, तीन लाखमा घर बन्छ भन्ने आश थियो अहिलेको महङगीलाई हेर्दा त ७ लाख बढी लगानीमा दुई कोठा तयार पार्न हम्मे हम्मे पर्ने भयो।’

खोलामा बालुवा र ढुङगा पाउन छाडिएकाले महङगो गरि ल्याउन समेत गाह्रो पर्न थालेको ट्याक्टर चालक बताउँछन्। सबै कपडा खोलेर खोलाको माझमा पसेर बल्लतल्ल बालुवाले ट्याक्टर भर्छौ, अनि कसरी दिन सकिन्छ सस्तो त, एक ट्याक्टर व्यवसायीले भने–‘हामीले चाहेर पनि सहज बालुवा निकाल्न सक्ने अवस्था छैन । उनले खोलामा ढुङगा पनि पाउन छाडिएको बताए । मैले तीन ओटा घरलाई ढुङगा बालुवा ल्याउने जिम्मा लिएको छु, कसरी पुर्‍याउने भन्ने चिन्ता थपिएको छ, उनले भने–‘पहिलेको मुल्यमा दिन सकिदैन ।’ सदरमुकाम सिन्धुलीमाढीमा मात्र नभएर सदरमुकामकै आसपासबाट बग्ने कमला मरिण जस्ता नदीका बालुवा गाँउगाँउमा पुग्ने गर्छन् । सामान्य खोल्साखाल्सी हुदै बग्ने खोलामा बालुवा नपाइने भएकाले स्थानीय सदरमुकामका खोला बालुवाका लागि धाउन बाध्य छन् । बालुवा ढुङगाको मात्र नभएर जिल्लामा रड सिमेन्टको र इट्टाको माग व्यापक रुपमा बढेपछि हार्डवयर व्यापारीहरुले समेत मुल्य बढाउन थालेका छन् । माथिबाटै मुल्य बढेको भन्दै जिल्लाका व्यापारीहरुले रड सिमेन्ट जस्तापाता लगायतको सामानको भाउ बढाएको भूकम्प पीडित बताउँछन्।

सामानमा बिचौलिया

भूकम्प पीडितलाई एक साथ घर निर्माणका सामान आवश्यकता परेपछि सामान खरिद सस्तो र राम्रो उपलब्ध गराइदिने भन्दै गाँउगाँउमा विचौलिया समूह पुग्न थालेका छन् । तराईका विभिन्न जिल्लाबाट सामान ल्याएर दिने भन्दै गाँउमै विचौलिया पुग्न थालेको भूकम्प पीडित रोशन तिमल्सीनाले बताए । गिट्टी बालुवा इट्टा रड सिमेन्टमा विशेष गरि विचौलिया लागेका छन्, उनले भने–‘सामान ल्याउने भन्दै पीडितसँग ठेक्का लिन्छन् र महङगो मुल्यमा कमसल सामान ल्याइदिन्छन्।

               








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad