coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुल बनेपछि उदयपुर र खोटाङबीच सोझो मार्ग

उदयपुर- उदयपुर र खोटाङको सिधा मार्ग आईतबारदेखि खुलेको छ। सगरमाथा लोकमार्ग अन्तर्गत पर्ने उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिदका लिच्कीराम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिच जडान गरिएपछि २ जिल्ला सोझो सडक मार्गमार्फत जोडिएका हुन्।

वर्षेनी जडान गरिने बेलिब्रिज यो वर्ष ७५ लाख लागत मूल्यमा जडान गरिएको हो । सगरमाथा कन्स्ट्रक्सन गाईघाटले मंसिर १९ गतेदेखि थालेको बेलिब्रिजको पुनरजडान कार्य शनिबार सम्पन्न गरेर आईतबारदेखि सडक सुचारु भएको निर्माण व्यवसायी प्रेमराज कार्कीले बताए।

१९ दिन लगाएर बेलिब्रिज पुनरजडान गरिएपछि आईतबार एकै दिन दर्जन बढी ठूलासाना सवारी साधन सञ्चालनमा आएको हिमाली यातायात व्यवसायी संघ गाईघाटले जनाएको छ । संघका कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार गत वैशाखमा बेलिब्रिज निकालिएपछि गाईघाट–खोटाङको सोझो यातायात सेवा लगभग ७ महिनायता ठप्प थियो।

बेलिब्रिज खोलेपछि उदयपुर र खोटाङासीलाई खोटाङ जान आउन सप्तरी, सिराहा भएर सिद्धिचरण लोकमार्ग हुँदै कटारी–घुर्मी–जयरामघाटको बाटो भएर हलेसी हुँदै दिक्तेल पुग्नुपर्ने बाध्यता छ । ‘अव बेलिब्रिज जडान भएपछि दिक्तेल आउजाउ गर्न सहज भयो’ कोषाध्यक्ष श्रेष्ठले भने ‘आउँदो वैशाख मध्यसम्म सोझो यातायात सञ्चालन हुन्छ । तर, वर्खा लागेपछि पुनः समस्या आउँछ।’

फोक्सिङटारमा पक्की पुल बन्ने योजना कार्यान्वयनमा आउन नसक्दा बलिब्रिजको भर पर्नुपर्ने समस्या रहेको स्थानीयको भनाई छ। फोक्सिङटारमा पक्की पुल निर्माण कार्य चाँडो गर्न नसक्दा दुई जिल्लाबासीले भोग्नुपरेको पीडा अब अन्त्य हुनुपर्ने स्थानीय विचारी राईले बताए।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ०५२ सालदेखि सगरमाथा लोमार्गको निर्माण कार्य थालेको थियो। कच्ची ट्रयाकबाट गाईघाट–दिक्तेल ५ वर्षअघि नै जोडिए पनि पुल निर्माण हुन नसक्दा वर्षको ६ महिना बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता रहेको रौतामाई गाउँपालिका ५ का वडाध्यक्ष पाण्डव राईले बताए । उनका अनुसार पक्की पुल मात्र निर्माण भएमा उदयपुरतर्फको ५३ किलोमिटर सडक सम्पन्न भईसक्ने छ।

गाईघाट–दिक्तेल सगरमाथा सडक कार्यालय उदयपुरका इन्जिनियर कमलप्रसाद यादवले फोक्सिन्टारसम्मको सडक निर्माण पूरा भएर यातायात निरन्तरसञ्चालनमा रहेको र सडकको स्तरोन्नति धमाधम भईरहेको बताए । सुनकोसीमा पक्की पुल निर्माण भएमा उदयपुरतर्फको सडक एकवर्षभित्र पूरा हुने यादवले बताएका छन्।

 

प्रकाशित: ९ पुस २०७४ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App