विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र

आइतबार, ०९ पुष २०७४, १४ : ५४ नागरिक

मर्स्याङ्दी–  उत्तरी क्षेत्रको मर्स्याङ्दी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि २५ बुँदे घोषणापत्र तयार पारिएको छ। 

गाउँपालिकाका पदाधिकारी र गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष र शिक्षाविज्ञसहितको भेलाले कार्ययोजनासहितको घोषणापत्र तयार गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए। 

गुणस्तरीय, वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि सम्पूर्ण सामाजिक अभियानकर्मी, जनप्रतिनिधि, शिक्षाप्रेमी, सरोकारयुक्त संघसंस्था र अभिभावकलाई योजनाबद्ध ढङ्गबाट अभियानमा लाग्न तथा सहयोग र समन्वय गर्न घोषणापत्रमा आग्रह गरिएको छ। 

घोषणापत्रमा गुणस्तरीय शिक्षाका लागि उचित वातावरण तयार गर्ने, शिक्षकलाई राजनीतिक दल वा त्यसका भ्रातृ संगठनमा आबद्ध भई राजनीतिमा क्रियाशील हुन नदिने, विद्यार्थीमा रहेका आन्तरिक क्षमतालाई प्रस्फुटन गर्न प्रतिस्पर्धात्मक प्रतियोगिता आयोजना गर्नेलगायत बुँदा छन्। 

यस्तै एक विद्यालय एक खेलकुद र कम्प्युटर शिक्षकलाई तालीमको व्यवस्था गरिने, विद्यार्थी, शिक्षक, समितिका पदाधिकारी÷सदस्यको क्षमता, लगनशीलता र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानार्थ मापदण्ड तयार गरी पुरस्कृत गरिने घोषणापत्रमा उल्लेख छ। 

यसैगरी माविलाई प्रविधिमैत्री बनाउने, एक विद्यालय एक पुस्तकालयको अवधारणा ल्याइने, गाउँपालिकास्तरीय शैक्षिक पात्रो निर्माण गरिने, गाउँपालिकास्तरीय परीक्षा समिति गठन गर्ने, शिक्षा आचारसंहिता कार्यान्वयनमा ल्याइने जस्ता बुँदा पनि घोषणापत्रमा उल्लेख छ। 






यसमा तपाईको मत

अन्य समाचार

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

Ncell Footer Ad