coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय बन्देज युद्धको सुरूवात

प्योङयाङ–  संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएर युद्धको सुरूवात गरेको उत्तर कोरियाले दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाइने घोषणा शनिबार गरेको थियो । राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेकी थिइन् ।

हेलीको उक्त प्रस्तावमा सबै महासभाका सम्पूर्ण सदस्य मुलुकहरूले सहमति जनाएका थिए । उत्तर कोरियाले अमेरिकाको उक्त प्रस्तावमा सहमती जनाउने सम्पूर्ण देशहरू माथि समेत कार्वाही गरिने बताएको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अमेरिका उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबाट भयभित भएको बताएको छ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मतदान गर्ने सम्पूर्ण मुलुकहरूले उत्तर कोरियाको सजाय भागिदार हुनुपर्ने विदेश मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाले गत नोभेम्बरमा परीक्षण रहेको अन्तरमहादेशीय मिसाईल परीक्षण विश्वमा एक साझा चुनौतीको रूपमा देखा परेको छ ।

 

 

प्रकाशित: ९ पुस २०७४ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App