८ वैशाख २०८१ शनिबार
राजनीति

ओली ‘स्मार्ट’ बन्दा वातावरण बिथोलिदैंछः काँग्रेस नेता पौडेल

इटहरी–नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘स्मार्ट’ बन्दा राष्ट्रिय सहमतिको वातावरण वन्न नसकेको आरोप लगाएका छन्। उनले प्रधानन्त्री ओलीले सवैलाई सहमतिमा ल्याउनुपर्नेमा ‘स्मार्ट’ बन्दा मुलुकले निकास पाउन नसकेको जिकिर गरे।

‘केपी ओलीले स्मार्ट बन्ने होइन, उहाँले त सवैलाई सहमतिमा ल्याएर मुलुकलाई निकास पो दिनु पर्ने हो,’ नेता पौडेलले सोमबार सुनसरीको इनरुवामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘सवैलाई सहमतिमा लिएर अघि बढ्दा बिग्रिएको वातावरण सुध्रिन सक्छ ।’ उनले केपी ओलीले सवैलाई सहमतिमा लिएर अघि बढ्न नसके संविधान कार्यान्वयन हुन नसक्ने र मुलुकमा संकट निम्तिन सक्ने खतरा रहेको बताए ।

       ‘संविधान कार्यान्वयन गर्नका लागि २०७४ माघ ८ गते अघि नै गाउँपालिका, नगरपालिका, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनाब गराउनुपर्यो,’ नेता पौडेलले भने, ‘यदि चुनाव नभएमा रित्तता आउँछ अनि त्यसपछि मुलुक संकटमा धकेलिन्छ।’ उनले सवै दलसँगै विशेषगरी प्रमुख प्रतिपक्षी काँग्रेससँग सहमति गरेर अघि नबढेमा कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए ।

       ‘हामी भनिरहेका छौं, चुनावका लागि सहमति गरेर कार्यतालिका बनायौं । सरकारले सवैलाई विश्वासमा लएर काम गर्न सक्नुपर्छ,’ उनले भने, ‘तर, सरकारको नियत ठीक देखिँदैन् । सरकारले काँग्रेसलाई कडा हुने स्थिति सृजना नगरोस् ।’ पौडेलले काँग्रेस उत्तेजित नहुने भएकाले गर्दा अहिलेसम्म बुद्धि दिएर र सम्हालेर अघि बढाउन खोजेकाले गर्दा सरकारले पनि व्यवस्था निर्माण गर्न सहमति गर्नुपर्ने बताए ।

       ‘सत्ताका लागि सहमति गरेर बाडीचुडी खाने कुरा मलाई मन पदैन,’ उनले भने, ‘अहिले व्यवस्थाका लागि सहमति गर्ने बेला हो ।’ उनले मुलुकमा अहिले पनि राजनीतिक अस्थीरता भएकाले गर्दा सत्ता पक्ष र आन्दोलनरत्त मधेसी मोर्चालाई राष्ट्र तथा जनताको हितलाई ध्यान दिएर निकासमा पुग्न सुल्झाए ।

       ‘सधैभरी मुलुकलाई राजनीतिक खिचातानीमा राख्नु हुदैन,’ पौडेलले भने, ‘प्रचण्डले विगतमा वाहना बनाएर युद्ध गरे, अहिले नेत्रविक्रम चन्द (विप्लव) ले वाहना बनाएर अघि बढेका छन्। जनतालाई सधै बेहालमा नराखौं ।’ उनले काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पनि मधेसी मोर्चाको समस्या समाधान गर्न र संविधान कार्यान्वयन गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको जिकिर गरे ।        ‘सभापतिलाई धेरैपटक भनी सकेको छुँ,’ उनले भने, ‘पार्टीमा पनि सभापतिले एकतर्फी ढंगले अघि बढनुहुदैन् ।’

प्रकाशित: ६ असार २०७३ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App