८ वैशाख २०८१ शनिबार
समाज

म्यादी प्रहरीको मृत्युपछि चर्कियो आन्दोलन

कालिकोट – प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु भएको भन्दै जिल्लामा आन्दोलन चर्केको छ । रास्कोट नगरपालिका वडा नम्बर २ निवासी २० वर्षीय विवेक ऐडीको शुक्रबार गोली लागेर मृत्यु भएको थियो । तलव विवादमा गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी र म्यादी प्रहरीबिच विवाद हुँदा प्रहरीले लाँठीचार्ज र गोली चलाएको थियो ।

टाउकोमा गोली लागेर घटनास्थलमा मृत्यु भएको म्यादी प्रहरी ऐरीलाई राष्ट्र्रिय सहिद घोषणा गरिनुपर्ने मागसहित उनका आफन्त र स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए। आन्दोलन चर्किएपछि जिल्ला प्रहरी कार्यालयले सुर्खेतबाट थप सुरक्षाकर्मी मगाएको थियो । जिल्लाको निर्वाचन सुरक्षाका लागि ९७३ जना म्यादी प्रहरी भर्ना भएका थिए । म्यादी प्रहरीले ६४ हजार रुपैयाँ पाउनु पर्नेमा ५५ हजार रुपैयाँ मात्र जिल्ला प्रहरीले दिएको गुनोसा गर्दा गोली प्रहार गरेर म्यादी प्रहरी मारिएको स्थानीयले बताए ।

घटनापछि म्यादी प्रहरीले सदरमुकाममा रहेका चार वटा प्रहरी बिट भत्काएका छन् । त्यस्तै प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहोरा प्रहरी कार्यालयभन्दा बाहिर आउन सकिरहेका छैनन् । शुक्रवार दिनभर सदरमुकामको अवस्था तनावग्रस्त थियो । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका बिवेक ऐडीलाई प्रहरीले गोली नहानेको प्रहरी कार्यालयले दावी गरेको छ ।

प्रकाशित: ९ पुस २०७४ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App