coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोबोर्टको कारण जागिर गुमाउनेहरू बढे

वासिङटन–अमेरिकामा करिब ८९ मानिसहरूले  रोबोर्ट तथा ड्रोनको प्रयोगका कारण जागिर गुमाएको  तथ्यांक सार्वजनिक भएको छ ।

तथ्यांक अनुसार  अमेरिकाको विभिन्न क्षेत्रमा गरी आगामी १० वर्ष भित्र त्यहाँको करिब १७ प्रतिशत जागिर रोबोर्ट तथा ड्रोनले विस्थापित गर्ने छन्  ।

 सय मानिसहरूको आवश्यकता पर्ने कुनै पनि काम सम्पन्न गर्नका लागि   त्यतिनै समयमा २ वटा ड्रोन नै पर्याप्त भएको एक अनुसन्धानबाट पत्ता लागेको छ ।

ड्रोन तथा रोबोर्ट उत्पादनका क्षेत्रका कतिपय कम्पनीहरू आफुले बनाएका रोबोर्टले कुनै पनि त्रुटि बिना नै काम गर्न सक्ने दाबी गरेका छन् ।

अनलाइन शपिङ क्षेत्रका विभिन्न कम्पनीहरूले बढी मात्रामा ड्रोन तथा रोबोर्टको प्रयोग गर्नै गरेको पाइएको छ ।
रोबार्ट तथा ड्रोनको माध्यमबाट काम गराउँदा उत्पादन लागतमा कमी आएको विभिन्न कम्पनीका सञ्चालकहरूको दाबी छ ।

अमेरिकाको ई कमर्स कम्पनी तथा खुद्रा कम्पनीहरूले बढी मात्रामा रोबोटको प्रयोग गर्ने गरेको पाइएको छ ।
मान्छेले गरेको काममा बढी मात्रामा गल्ती हुने गरेको र रोबोर्टले शत प्रतिशत मात्रामा सही काम गर्ने कम्पनी सञ्चालकहरू बताउँछन् ।

रोबोर्ट तथा ड्रोनको माध्यमबाट काम गर्दाे दुर्घटना कम हुने कम्पनी सञ्चालकहरू बताउँछन् । अनलाइन शपिङ व्यवसायमा यस्ता उपकरणको प्रयोग बढी मात्रामा हुने गरेको पाइएको छ ।

प्रकाशित: ९ पुस २०७४ ००:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App