८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले-माओवादी मिलेर शक्तिशाली पार्टी बन्छ : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताएका छन्। उनले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबी गरे। 
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्नेे विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पारे।  उनले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने बताए। 

'एमाले माओवादी र माओवादी एमालेमा विलय हुने होइन,' उनले भने, 'पार्टी एकता हुँदा ओली र दाहालले दुवैले नेतृत्व गर्नुहुन्छ।' पार्टी एकता सजिलै हुने दाबी गर्दै उनले नेताको व्यवस्थापनभन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको बताए। 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने औंल्याए।

उनले नेपाली कांग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाए।

प्रकाशित: ८ पुस २०७४ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App