८ वैशाख २०८१ शनिबार
समाज

पर्यटकीय क्षेत्र लुक्लामा पक्की पुल बन्दै

सोलुखुम्बु- सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिकाको लुक्लामा पुल निर्माण गरीदै छ। खुम्बु–पासाङल्हमु गाउँपालीकाको आर्थिक लगानीमा खुम्बु प्रवेश गर्ने मुख्य प्रवेश द्धारको रुपमा लिईएको लुक्ला बजारमा पुल निर्माण गरीएको हो । पुल निर्माणको लागी खुम्बु पासाङल्हमु गाउँपालीकाले बजेट छुट्याएको छ। २० लाख रुपैयाँ रकमको लागानीमा वडा नम्बर २ तामाङ टोल लुक्लामा पक्की पुल निर्माण हुने भएको हो। खुम्बु प्रवेश गर्ने पर्यटकहरु सोहि पुल हुँदै माथिल्लो क्षेत्र भ्रमण तथा अवलोकनका लागी जाने गर्दछन्।

सोहि पुल खुम्बु प्रवेश गर्ने एक मात्र मार्ग हो । स्थानीय र पर्यटकहरुको एउटै मात्र मार्ग भएकाले गाउँपालीकाकाले प्राथमिकतामा राखेर तिब्र रुपमा निर्माण गरीरहेको गाउँपालीकाका प्रवत्ता ल्हाक्पा छिरी शेर्पाले बताए । शेर्पाले भने, ‘यो आर्थिक वर्ष भित्रै सक्ने गरी काम अघि बढाएका छौँ, यस अघि पुलको अवस्था एकदमै जिर्ण थियो, स्थानीय र पर्यटकहरु जोखिम मोलेरै आवतजावत गर्न बाध्य थिए त्यसैले पनि पुल निर्माणलाई प्राथमिकता दिएका छौँ ।’

 लुक्लाको बिच बजारमा रहेको पुल जिर्ण बन्दा पर्यटक तथा स्थानीय मार्कामा परेका थिए । गाउँपालिका अध्यक्ष निमदोर्जि शेर्पाले भने, ‘अब पुल बनेपछि स्थानीय र पर्यटकलाई केहि सहज हुने हामीले विश्वास लिएका छौँ, अब डर बोकेर यात्रा गर्नु पर्दैन निर्माण कार्यलाई पनि तिब्रताका साथ अघि बढाईएको छ ।’ स्थानीय बुद्धि तामाङले भने, ‘यो नगरपालीकाको सराहनिय काम हो, साह्रै जोखिम थियो नि यो पुलमा आवतजावत गर्न।’

खुम्बु प्रवेशको लागी अन्य विकल्प मार्ग नभएकाले पनि स्थानीय र पर्यटकहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य बनेका थिए । तामाङ टोल पुल निर्माण उपभोक्ता समितीले पुल निर्माणको काम गरीरहेको छ । अहिलेसम्म ५० प्रतिशत भन्दा बढि काम सकिएको र निर्माण कार्यलाई तिब्रता दिईएको गाउँपालीकाको कार्यलयले जनाएको छ । पुलको फर्माको काम सकिएको अब ढलानको काम बाँकी छ । चालु आर्थिक भित्रमा सक्ने गरी निर्माण उपभोक्ता समितीसँग सम्झौता गरीएपनि तोकिएको समयभन्दा अगावै सकिने गरी काम भईरहेको प्रबत्ता शेर्पाको भनाई छ।

प्रकाशित: ८ पुस २०७४ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App