८ वैशाख २०८१ शनिबार
राजनीति

सांसद्ले नै तिरेनन् ऋण

रुकुम– रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य रातो कामी आठवीस डाँडागाउँको मौराखारा कृर्षक सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष हुन् । २०६८ सालमा युवा स्वरोजगार कार्यक्रम अन्तरगत जिल्ला कृषि विकास बैंक लिमिटेडबाट साबुन उद्योग सञ्चालन गर्ने भन्दै चार लाख रुपयाँ ऋण लिएका थिए ।
उक्त संस्थाले मासिकरुपमा व्याज तिर्नेुपर्ने । व्यक्तिगत १२ प्रतिशत र संस्थाले नौं प्रतिशत व्याज तिर्ने सर्तमा युवा स्वरोजगार अन्तरगतको रकम वितरण गरिएको थियो । रातो कामी प्रदेश सभा सदस्य समेत भइसके तर उनले नेतृत्व गरेको संस्थाले लिएको सावा र व्याज तिर्न सकेको छैन । 
जिल्ला कृषि विकास बैंकले बेला बेलामा पत्र तथा जानकारी गराए पनि उनी सावा र व्याज तिर्ने कुरामा बेखबर जस्तै छन् । जनप्रतिनिधिहरुले नै रकम हिनामिना गर्न थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् । 
‘हामीले उहाँ (रातो कामी) लाई कार्यालयमा बोलाएर कुरा गरेका थियौं,’ एक कर्मचारीले भने, ‘उहाँले परियोजना सफल नभएको बताए ।’ उक्त ऋण तिर्ने भने बचन दिएको उनको भनाइ छ । कार्यालयले पत्रपत्रिका तथा स्थानीय रेडियोमा समेत सावा व्याज भुक्तानी गर्न सूचना प्रशासरण तथा प्रकाशन गरेको थियो । 
मौराखारा कृषक सहकारी संस्था लिमिटेडले हाल कृषि विकास बैंकमा चार लाख सावा र तीन लाख ८० हजार तीन सय १३ रुपयाँ व्याज तिर्न बाँकी छ । ऋण लिएदेखि उक्त सहकारी संस्था लिमिटेडले कुनै किस्तामा व्याज तथा सावा बैंकमा दिएको छैन । 
उनीसँगै यहाँका अन्य युवा व्यवसायहरुले सावा व्याज नतिरेको जिल्ला कृषि विकास बैंक लिमिटेड उपशाखा मुसीकोटले जनाएको छ ।

प्रकाशित: ८ पुस २०७४ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App