coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराटनगरकाे चाैथाे जित, भैरहवा ३५ रनले पराजित

काठमाडौं–एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा १५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा सबै विकेट गुमाइ ११४ रनमै अलआउट हुन पुग्यो । भैरहवाका लागि प्रदिप ऐरी र हरीशंकर शाहले १८/१८, पुनित बिष्टले १५ र आरिफ शेखले १० रनको योगदान दिनुबाहेक अन्य ब्याट्म्यानले दोहोरो रनको स्कोर छुन सकेनन्।  

भैरहवा ग्लाडिएटर्सलाई ११४ रनमै अलआउट गर्न विराटनगर वारियर्सका अभिनास कर्णले ४, बसन्त रेग्मीले ३ तथा करण के.सी,पारस खड्का र सहान एडिसाले समान १/१ विकेट हात पारे । अभिनासले ४ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिन सफल भएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ् गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४९ रन बनाएको थियो । 
विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ५० बलमा ८ चौकाको मद्दतमा ५७ रन बनाए। त्यस्तै बाबर हायतले ३५ बलमा २ चौका र १ छक्काको मद्दतमा ३६ , कप्तान पारस खड्काले १५ , प्रनित थापामगरले १४ रनको योगदान गरे । 

 विराटनगरलाई १४९ रनमा समेटन भैरहवाका लागि हरिशंकर शाहले ३, आरिफ शेखले २ तथा दिपेश श्रेष्ठले १ विकेट लिए। जारी प्रतियोगितामा विराटनगर एकमात्र अपराजित टोली हो । उसले ४ खेलमा ४ वटैमा जित निकालेको छ । यता भैरहवाले भने ३ खेलमा २ मा जित र १ मा हार ब्यहोरेको छ।

 

प्रकाशित: ८ पुस २०७४ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App