स्वतन्त्रता र रूपान्तरणको भय

शनिबार, ०८ पुष २०७४, १० : ३९ स्वामी आनन्द अरुण

1655


मार्च १९६९ मा प्रसिद्ध तीर्थस्थल द्वारिकामा ओशोस“ग मैले पहिलो व्यक्तिगत दर्शन पाएँ । त्यो भेट मेरा लागि एक नया“ जीवनको प्रारम्भ थियो । सोही भेटमा मैले उहाँलाई नेपाल आउने आमन्त्रण दिएँ। उहाँले त्यो आमन्त्रण स्वीकार गरी मार्च १९ देखि २२, १९७० को मिति दिनुभयो । त्यसको व्यवस्थापनका लागि त्यस बेलाका ओशोका सचिव अरविन्दले जवलपुरबाट मलाई पछि पत्र लेखे । सो पत्र अहिले पनि मस“ग सुरक्षित छ । पत्रमा ओशोका लागि मलाई जवलपुरबाट बनारस आउने–जाने रेलको प्रथम श्रेणीको टिकट र बनारसबाट काठमाडौंसम्म आउने–जाने प्लेनको टिकटको व्यवस्था गर्न भनिएको थियो । त्यसबेला ओशोले विश्वविद्यालयको लेक्चररको जागिर पनि छाडिसक्नुभएको थियो र उहा“ले शिष्य बनाउन सुरु गर्नुभएको थिएन । उहाँसँग आयको कुनै स्रोत थिएन । उहा“ जवलपुरमा भाडाको दुई कोठामा निवास गर्नु हुन्थ्यो । त्यसबेला उहाँका दुई–तीन पुस्तक मात्र प्रकाशित थिए । त्यसबाट आउने सानो रोयल्टी नै उहा“को गुजाराको एक मात्र साधन थियो। 

ओशोले २१ मार्च १९५३ मा बुद्धत्व प्राप्त गर्नुभएको थियो । सो कुरा उहाँले १९७० सम्म गोप्य राख्नुभयो र कसैलाई बताउनुभएको थिएन । सेप्टेम्बर १९७० मा दीक्षा दिन प्रारम्भ गर्नु अघि उहाँले विभिन्न व्यक्तिहरूको आमन्त्रणमा भारतका धेरै स्थानहरूको भ्रमण गर्नुभयो । उहाँका प्रवचन तर्कयुक्त साथै काव्यात्मक हुन्थे । मधुर वाणी, गहन विषयवस्तुको सहज र रोचक व्याख्या, नितान्त मौलिकशैलीबाट हजारौँ व्यक्ति मन्त्रमुग्ध हुन्थे । ओशो एक क्रान्तिकारी वत्ताका रूपमा स्थापित भइरहनुभएको थियो। 

आफ्नो बुद्धत्वबारे किन यति धेरै वर्ष मौन बस्नुभयो भनेर सोध्दा उहा“ले बताउनुभयो, ‘मैले विगतमा भएका बुद्धहरूबाट सिकेको छु । जिससले आफूलाई परमात्माको पुत्र घोषणा गर्न त्यति नहतारिएको भए उनलाई ३३ वर्षको कलिलै उमेरमै सुलीमा चढाइने थिएन र मानवताको अझ धेरै कल्याण हुन सक्थ्यो । अरेबियामा अलहिल्लाज मन्सुरले परम बोधिको स्थितिमा ‘अनल हक (म ब्रह्म हु“)’ भनेकामा उनको हत्या भयो । दिल्लीमा सुफी सन्त सरमदको यही कारणले हत्या गरियो । त्यसकारण १७ वर्षसम्म यो महान् घटना मैले गोप्य राखेँ । मैले आफ्नो वरिवरि समर्पित शिष्यको एउटा समूह खडा गरिसकेपछि मात्र आफ्नो सम्बोधि र बुद्धत्वको कुरा बताए“ । नत्र मलाई पनि यो समाजले पचाउने थिएन, धेरै पहिल्यै नैहत्या गर्ने थियो । मैले विनाकुनै सुरक्षा एक्लै २० वर्ष यो देशभरि यात्रा गरे“ । म आफ्नोबारे मौन थिए“ । जब मेरोवरिपरि एक आत्मीय समूह बन्यो, जो मेरो कुरा हृदयले बुझ्न सक्थ्यो, तब मात्र मैले यो रहस्य खोले।’

आफ्नो सम्बोधिको महत्त्वपूर्ण दिन ओशो नेपाल आउन चाहनुहुन्थ्यो। यही कारण मलाई नेपाल भ्रमणको मिति आफ्नो सम्बोधिको दिन पारेर दिनुभएको रहेछ। 

मैले ओशोको आगमनको तयारी गर्न थालेँ । टिकट त्यति धेरै महँगो थिएन । सबै यात्रा खर्च जोड्दा लगभग आठ हजार पर्न आउँथ्यो । त्यो बेला म इन्जिनियरिङको विद्यार्थी थिए । सो रकम जोहो गर्नु मेरा लागि त्यति सरल थिएन । मैले मातापितालाई आर्थिक रूपले सहयोग गर्न याचना गरें । तर, मेरो अध्यात्मप्रतिको अगाध लगाव र विशेषतः ओशोस“गको सम्बन्धबाट उहा“हरू भयभीत हुनुहुन्थ्यो । म यही क्रमले यो दिशामा अघि बढेँ भने मैले बीचैमा पढाइ छाडी जोगी बन्छु भन्ने डर उहा“हरूमा थियो । त्यसैले मैले ओशोलाई काठमाडौं बोलाउन चाहिने आर्थिक सहयोग अभिभावकबाट नपाउने स्पष्ट संकेत पाएँ ।

मैले यसको जोहो गर्न सकिनँ र अन्ततः मात्र आर्थिक कारण ओशो काठमाडौं आउन सक्नुभएन । त्यो असफलता मेरो जीवनको एक ठूलो दुःखद घटनाका रूपमा मभित्र अझै पनि पीडादायी खिलका रूपमा बसेको छ । यद्यपि पछि मैले आफ्नो स्थिति ओशोलाई बताए“ । ओशोले कुनै चिन्ता नलिनु भनेर आश्वस्त पार्नुभयो र पछि नेपाल आउँछु भनेर वाचा पनि गर्नुभयो र सोही वाचाअनुसार सन् १९८६ जनवरीमा ४५ दिनका लागि नेपाल आउनु पनि भयो । तर १९७० मा उहा“लाई नेपाल ल्याउन नसकेको पीडा र अपराधबोधबाट म आज पनि मुक्त हुन सकेको छैन। 

पछि जुन व्यक्तिको नाममा ठुल्ठूला आश्रम बने र अमेरिकामा आफ्नो नाममा सहरै बस्यो र रोल्सरोयसको ताँती लाग्यो र उहा“कै कृपाले आज म विश्वभरि बिजनेस क्लासमा भ्रमण गर्छु, महँगादेखि महँगा रिसोर्टमा शिविरको आयोजन र सञ्चालन गर्छु, त्यही व्यक्तिलाई मात्र आठ हजारको जोहो गर्न नसकेर नेपाल ल्याउन नसकेको पीडाबाट म कहिल्यै आफूलाई मुक्त गर्न सक्दिनँ। 

बाहिरबाट त्यो यात्रा आर्थिक कारण हुन नसकेको देखिए पनि अहिले म के बुझ्दै छु भने वास्तवमा त्यति बेला ममा श्रद्धा र समर्पणको कमी थियो, कहीँ अचेतनमा अज्ञातको भय थियो । ओशोका सयकडौँ आश्रम, कम्युन र केन्द्रहरूको स्थापना, सयौँ शीर्षकका ओशोका पुस्तक छपाएर, विगत ४५ वर्षदेखि ध्यान शिविर, समिनारहरूको आयोजना र सञ्चालन गरेपछि ममा एक अन्तर्बोध उदाएको छ– अस्तित्वलाई पूर्ण सर्मपण गरी हामी कुनै काममा पूर्णताका साथ लाग्यौँ भने त्यो कार्य सिद्धिमा पैसा पनि आउ“छ, सहयोगीहरू पनि आउ“छन् । सबै सुविधा बिस्तारै जुट्छन् । जबसम्म हाम्रो संकल्प र समर्पण पूर्ण हु“दैन, तबसम्म बाधैबाधा आउँछ । आज म यो स्पष्ट देख्न सक्छु र भन्न सक्छु । बाहिर कुनै बाधा र अवरोध हु“दैन, सारा बाधा र अवरोध हाम्रै मनको अचेतनबाट आउँछ। 

ममा पूर्ण समर्पण भएको भए अस्तित्वले अनेक प्रकारले सहयोग गर्ने थियो। म आफ्ना मित्रहरूबाट ऋण काढ्न सक्थे । आफ्ना अभिभावकले पैसा राख्ने ठाउ“ मलाई थाहा थियो । म केही हजार रुपैयाँ त्यहा“बाट सुटुक्क निकाल्न पनि सक्थेँ । ओशो नेपाल आउने भएको भए हाम्रै घरमा बस्नुहुन्थ्यो । त्यो म र मेरो परिवारका लागि मात्रै पनि होइन, सारा देशका लागि पनि एक महान् सौभाग्य र आशीर्वाद सिद्ध हुन्थ्यो । ओशोको व्यक्तित्वमा एक अदम्य आकर्षण थियो र अनेक काठमाडौंवासी उहा“को प्रेममा पर्ने थिए । त्यो भ्रमणका अनन्त सम्भावना थिए। 

ओशो बारम्बार भन्नुहुन्थ्यो, ‘पुण्य कार्य कहिल्यै पैसाको कमीले अड्किँदैन । मेरो कार्यमा पैसा कहिल्यै बाधक बन्ने छैन, तिम्रो मन नै बाधक बन्छ ।’ पछि पुनामा ओशोकी सचिवमा योगलक्ष्मी थिइन् । त्यसैले उहा“ले ठट्टा गर्दै भन्नुहुन्थ्यो, ‘पैसाका कारण मेरो कुनै काम अड्किँदैन, किनभने मेरो सचिवको नाम नै लक्ष्मी हो, जो धनकी देवी पनि हुन् ।’
त्यसबेला मेरो पुण्य र साहसको कमीले मेरो इच्छा शक्ति सबल हुन सकेन । बुद्धीको द्वन्द्वका कारण समग्र समर्पण घटेन । मैले र नेपालले के गुमाइरहेको छ भन्ने त्यो बेला मलाई बोधै भएन । जसकारण त्यस्तो पवित्र संजोगबाट नेपाल वञ्चित हुन गयो। 

हामी धेरै गुरुहरूकहाँ जान्छौँ । साधनाको कुरा पनि गर्छौं । हामी धार्मिक बन्ने कोसिस गर्छौं तर हाम्रो अहंकारले गुरु र साधनाबाट सधैँ एक सुरक्षित दूरी राख्न खोज्छ । कृष्णमूर्ति र ओशोजस्ता गुरुहरूले बारम्बार भनेका छन् कि हामी रूपान्तरण र मुक्तिको बारम्बार कुरा गर्छौं तर त्यसबाट त्यत्तिकै डराउँछौँ पनि । वास्तविक रूपान्तरणको स्थिति आयो भने हामी कुनै न कुनै बहाना बनाएर भाग्छौँ । आज आफ्नो वरिपरिका नाम चलेका बुद्धिजीवीहरूमा म यो रूपान्तरण र स्वतन्त्रताको भय र साधनालाई पछिका लागि सार्ने मनको प्रपञ्चलाई स्पष्ट देखिरहेको छु। 

भ्रमणको दौरानमा एकपटक इलाहवादको ट्रेन स्टेसनमा ओशोकी त्यस बखतकी सचिवमा आनन्द मधुस“ग ओशो कुरा गरिरहनुभएको थियो । त्यहीबेला एउटा मगन्ते जोगी ओशोको नजिक आयो र केही माग्न थाल्यो । ओशो माँ मधुस“ग एक ध्याउन्नमा कुरा गरिरहनुभएको थियो । ओशोको यो विशेषता थियो कि एक व्यक्तिस“ग कुरा गर्दा अगाडिको व्यक्तिमै पूर्ण केन्द्रित भएर कुरा गर्नुहुन्थ्यो । लाग्थ्यो कि अरु कोही त्यहा“ छैन । त्यो मगन्ते जोगीले पनि आफूलाई बेवास्ता गरेको ठानेछ र अझ जोडले याचना गर्न थालेछ, ‘बाबा केही देऊ ।’ ओशोले बीचैमा वार्तालाप रोकेर त्यो जोगीतिर घुमेर एक टकले रहस्यमय ढंगले हेर्नुभयो र प्रेमपूर्वक सोध्नुभयो, ‘भन, तिमीलाई के चाहियो ?’

ओशोको एक टकको हेराई र आवाजको त्वरा सुनेर त्यो जोगी डराएर काम्दैपछि हट्न थाल्यो । 
ओशोले फेरि सोध्नुभयो, ‘अघि आउ, भन तिमीलाई के चाहिएको छ ?’

ओशोको त्यो दृष्टि र वाणीबाट उसमा अज्ञातको भय जाग्यो र ऊ पछि हट्न थाल्यो । ओशोले उसलाई पुनः बोलाउनुभयो र भन्नुभयो, ‘मसँग स्पष्ट भन न तिमीलाई के चाहिएको छ ?’ ऊ पछि हट्दै ‘मलाई केही चाहिएको छैन, मलाई केही चाहिएको छैन’ भन्दै त्यहा“बाट भाग्यो। 

वातावरणमा एक गम्भीरता छायो । ओशो आ“खा बन्द गरेर एकछिन ध्यानस्थ हुनुभयो । ट्रेनमा चढिसकेपछि मात्र ओशो बोल्नुभयो । उहा“ले भन्नुभयो, ‘त्यो जोगी पूर्वजन्मको एक उच्चकोटिको साधक थियो । ममा ऊप्रति असीम करुणाको उदाएको थियो । अस्तित्वले मद्वारा उसको ठूलो कल्याण गर्न सक्थ्यो । पूर्वको पुण्यको प्रभावले ऊ मेरो नजिकसम्म आइपुगेको पनि थियो । तर, रूपान्तरण र स्वतन्त्रताको भयले यसलाई भयभीत गर्‍यो र अन्त्यमा डराएर भाग्यो ।’ ओशोले भन्नुभयो, ‘यस्तो घटना मेरो वरिपरि अनेकचोटि घटिरहन्छ । म केही दिन चाहन्छु तर मानिसहरू लिनबाट पनि डराउँछन् । मानिस दिनबाट डराउँछ, लोभ गर्छ । त्यो त बुझ्न सकिन्छ । तर, मानिस सच्चा धन लिनबाट पनि डराउ“छ । जबजब कुनै सम्भावित व्यक्तिलाई भेट्छु र उसको आ“खामा हेरेर केही दिन चाहन्छु ऊ भयभीत हुन्छ, अनि मबाट भाग्छ ।’

ओशोको असीम कृपाका बाबजुद पनि रूपान्तरणका गहन सम्भावना भएको स्थितिबाट यसरी नै म पनि तीनचोटि चुकेको छु । आफ्नै बेहोसी र मनको फन्दामा परेर मैले रूपान्तरणका ती महŒवपूर्ण क्षण गुमाएको छु । म ती अवसरमा नडराएको भए र अदृश्यमा साहसिक छलाङ लगाएको भए आत्म रूपान्तरण र बोधको एक गहन स्थिति धेरै अघि नै प्राप्त भइसकेको हुन्थ्यो । आज पनि आफू वरिपरि अनेक साधक र बुद्धिजीवीमा रूपान्तरण र स्वतन्त्रताको भय स्पष्ट देख्छु । गुरुको निकटता र साधनामा लाग्ने उनीहरूको पूर्वको संस्कार पनि हुन्छ । तर, मुक्ति र स्वतन्त्रताबाट उनीहरू लुकेको अहंकार डराउँछ र रूपान्तरणको प्रक्रियाबाट एक सुरक्षित दूरी राखेर अहंकारले आफ्नो सुरक्षा गरिरहेको हुन्छ । ओशोले बारम्बार भन्नुहुन्छ– जीवनको दुःख र विषादमा मनुष्यको गहिरो लगानी हुन्छ । तिमी दुःख मुक्तिको कुरा पनि गर्छौं तर वास्तवमा तिम्रो अचेतन मन दुःखको बन्धनबाट मुक्त हुन चाहँदैन । जुन दिन तिमी वास्तवमै मुक्ति चाहन्छौ र तिम्रो स्वतन्त्रताको अभीप्सा पूर्ण हुन्छ, त्यही क्षणदेखि तिमीमा रूपान्तरण घट्न थाल्छ। 







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...