८ वैशाख २०८१ शनिबार
अर्थ

विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै

लहान – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ। 

प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो। बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको प वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए। 

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता नबुझाउने तीन फेजका २२० ग्राहकको विद्युत् लाइन काटिने छ। ग्राहकबाट विद्युत् महशुलबापत रु तीन करोडभन्दा बढी बक्यौता रहेको केन्द्रले जनाएको छ। प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक छन्। 

प्रकाशित: ८ पुस २०७४ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App