coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रिमियर लिगमा आज ९ खेलहरु हुँदै

इङ्ल्याण्ड– इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज राति नौ खेलहरु हुँदैछन्। 

प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा चेल्सीले एभर्टनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ बजे हुनेछ । त्यस्तै राती ९ बजे शिर्ष स्थानको म्यानचेस्टर सिटीले वर्नमाउथको सामना गर्दा सोही समयमा हुने अन्य खेलहरूमा ब्राइटन र वार्टफोड, साउथ ह्यामटन र हडल्सफिल्ड टाउन, स्टोक सिटी र वेस्टब्रोम, स्वान्सी सिटी र क्रिस्टल प्यालेस तथा वेस्टह्याम युनाइटेड र न्यूक्यासल युनाइटेड बिच खेल हुँदैछ। 

यता राति सवा ११ बजे बर्नले र टोटनह्याम तथा राति साढे १ बजे प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीको सामना गर्दैछ । 

 

प्रकाशित: ८ पुस २०७४ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App