७ वैशाख २०८१ शुक्रबार
खेल

भारतद्वारा श्रीलंकासँगको टी-२० क्रिकेट प्रतियोगिता कब्जा

श्रीलंका–भारतले श्रीलंकासँगको टी–२० क्रिकेट प्रतियोगिता जितेको छ। शुक्रबार श्रीलंकामा भएको दोस्रो खेलमा भारत ८८ रनको फराकिलो अन्तरले विजयी भएको हो। 

भारलले दिएको २ सय ६१ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १७.२ ओभरमा १ सय ७२ रनमै अलआउट भयो । श्रीलंकाको लागि कुशल परेराले ७७, उपुल थारांगाले ४७, र निरोसन डिक्वालाले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर छुन सकेनन्। 

श्रीलंकालाई १ सय ७२ रनमा समेटन भारतका लागि युजबेन्द्र चहलले ४, कुलदीप यादवले ३ तथा जयदेव उनाडकट र हार्दिक पाण्डेयले १/१ विकेट लिए । यसअघि पहिला ब्याटिङ् गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ २ सय ६० रनको उच्च योगफल बनाएको थियो। 

भारतका लागि रोहित शर्माले सर्वाधिक १ सय १८ रन बनाए । उनले सो क्रममा ४३ वलको सामना गरी १२ चौका र १० छक्का प्रहार गरेका थिए । त्यस्तै लोकेश राहुलले ४९ वलमा ५ चौका र ८ छक्काको मद्दतमा ८९ र महेन्द्रसिंह धोनीले २८ रनको योगदान दिए। 

रोहितले ३५ बलमा शतक पूरा गर्दै टी–२० क्रिकेटमा कम बलमा शतक बनाउने दक्षिण अफ्रिकाका डेभिड मिलरको कीर्तिमानसँग बराबरी गरेका छन्।

 

प्रकाशित: ८ पुस २०७४ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App