८ वैशाख २०८१ शनिबार
खेल

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

इङ्ल्याण्ड–इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले  बराबरीमा खेलेका छन । 
लिग अन्तर्गत शुक्रवार राति सम्पन्न एक मात्र रोमाञ्चक खेलमा दुवै टोलीले ३/३ को बराबरी खेल्दै अंक बाडेका छन् । लिभरपुलका लागि २६ औं मिनेटमा फिलिप कोन्टिन्होले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा मोहम्मद सालेहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । 
खेलको ५२ मिनेटसम्म २ गोल गर्न सफल लिभरपुलले त्यसपछिको ५ मिनेटको अवधिमा ३ गोल खाएको थियो । आर्सनलका लागि ५३ औं मिनेटमा अलेक्सिज सान्चेज, ५६ औं मिनेटमा ग्रानिट जाका र ५८ औं मिनेटमा मेसुट ओजिले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए । तर खेलको ७१ औं मिनेटमा रोबर्टो फिरमिनोले लिभरपुलका लागि बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाए । 
बराबरीपछि १९ खेलबाट ३५ अंक जोडेको लिभरपुलचौथो र समान खेलबाट ३४ अंकसहित आर्सनल लिगको पाँचौँ स्थानमा छ ।

 

प्रकाशित: ८ पुस २०७४ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App