७ मध्ये ६ प्रदेशमा वाम सरकार निश्चित

शुक्रबार, ०७ पुष २०७४, २० : २६ नागरिक

काठमाडौं- निर्वाचन आयोगले शुक्रबार प्रदेश सभातर्फको समानुपातिक सिट वाँडफाँट सार्वजनिक गर्‍यो। प्रदेश सभामा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ।

समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट सँगै प्रदेश सरकारको चित्र पनि देखिएको छ। समानुपातिक तर्फको नतिजा सर्वाजनिक हुँदा प्रदेश १ र ३ मा एमाले बहुमतमा छ भने  प्रदेश २ बाहेकमा बाम गठवन्धन अघि छ। प्रदेश २ मा मधेसवादी दलको बहुमत छ। समानुपातिक तर्फ कांग्रेस एमाले भन्दा जम्मा ३ सिटले पछि छ। एमालेले सबै प्रदेशमा गरेर ७५ सिट पाएको छ भने कांग्रेसले ७३ सिट ल्याएको छ।

प्रदश नम्बर १ मा ५१ सिट एमालेले पाएको छ भने कांग्रेसले २१ सिट र माओवादीको १५ सिट छ। यस्तै प्रदेश नम्बर २ मा मधेसवादी दलले ५४ सिट पाएका छन्। सघीय समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ। एमालेको २१, कांग्रेसको १९ र माओवादीको ११ सिट छ।

प्रदेश नम्बर ३ मा ५९ सिट एमालेको छ। यो एमालेको एकल बहुमत हो। माओवादीको २२ सिट छ र कांग्रेसको २१ सिट छ।

प्रदेश नम्बर ४ मा एमाले २७ र माओवादीको १२ सिट छ। कांग्रेसको १५ सिट छ।

प्रदेश नम्बर ५ मा एमालेले ४१ र माओवादीले २० सिट प्राप्त गरेका छन्।  यहाँ कांग्रेसको १९ सिट प्राप्त गरेको छ।

प्रदेश नम्बर ६ मा २० सिटमा एमाले विजेता बनेको छ भने १३ सिटमा माओवादी छ। यस्तै ६ सिटमा कांग्रेस छ। यस्तै ७ नम्बर प्रदेशमा एमालेले २५ सिटको जित निकालेको छ। माओवादीको १७ सिट सहित बाम गठवन्धनको बहुमत यो प्रदेशमा देखिन्छ। कांग्रेसको १० सिट यो प्रदेशमा छ।  

 






यसमा तपाईको मत

अन्य समाचार

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

Ncell Footer Ad