६ वैशाख २०८१ बिहीबार
समाज

हसाउँदै रुवाउँदै विदा भए म्यादी प्रहरी

संखुवासभा–शुक्रबार विदाई हुँदै गर्दा म्यादी प्रहरीहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरे। प्रतिभा प्रस्तुत गरेका केही म्यादी प्रहरीले क्यारिकेचर गरेर हँसाए भने कोहीले विदाईमा लेखिएका कविता वाचन गरेर रुवाए।

विभिन्न कला प्रस्तुत गरेका उनीहरु मध्ये सन्तोष थापाले नेपाली हाँस्य टेलिशृङ्खला भद्रगोलका पाँडे र केपी ओलीको क्यारीकेचर गरेर सबैलाई हँसाएका थिए।

म्यादी प्रहरीको पोसाकमा प्रस्तुत भएका थापाले पाँडेको हुबहु आवाजमा आफू राष्ट्र सेवाका लागि शान्ति सुरक्षामा कुनै माध्यमबाट भएपनि लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै विदाईमा कविता वाचन गर्न स्टेज सम्हालेका उस्मिता गुरुङले विदाईमा दुई शब्द शिर्षकको कविता सुनाएका थिए। गुरुङले कविता वाचन गरिरहँदा सन्तोषले हँसाएर आकुल बनाएका म्यादीहरु भावनाको पहाडले थिचिएका थिए। कोहि आँशु पुछ्दै गरेका देखिन्थे भने कोही जमिन तिर हेरेर टोलाई रहेका हुन्थे। गुरुङले ५५ दिनको राष्ट्र सेवा, सुरक्षामा साथिहरुसगँको मित्रता र भावनालाई कविताका हरफहरुमा उतारेका थिए। प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गत कात्तिक १२ गते म्यादी प्रहरी भर्ना भएका थिए। निर्वाचनमा खटिएका संखुवासभाका ९ सय १८ म्यादी प्रहरीको विदाइ गरिएको हो । निर्वाचन सम्पन्न गराउन उनीहरुले पुर्‍याएको योगदानको सम्मान गर्दै प्रसंशा पत्र र दोस्रो किस्ता बापतको रकम भुक्तानी दिएर विदाई गरिएको प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए।

 

प्रकाशित: ७ पुस २०७४ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App