coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हायात प्रेरित विराटनगरको शानदार जित

काठमाडौँ – बाबर हायतको प्रमुख ब्याटिङ र वसन्त रेग्मीको स्पिल जादु प्रेरित विराटनगर वारियर्सले शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग(इपिएल)मा लगातार तेश्रो जित दर्ता गरेको छ। 

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको चितवनले १८.२ ओभरमा सबै विकेट गुमाउँदै  मात्र १०३ रन जोड्न सक्यो । चितवनका तीन खेलाडीले मात्र दोहोर अंकको स्कोर छोएका थिए । भीम सार्कीले सर्वाधिक २४ रनको योगदान दिए । २० बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै ओपनर सन्दिप सुनुवारले १६ रनको योगदान दिए। 

चितवनलाई  प्रतियोगिताको लगातार तेश्रो हार खुवाउने क्रममा विराटनगरका स्पिनर वसन्त रेग्मीले ३.२ ओभरमा ११ रन खर्चदै ४ विकेट लिए ।  त्यस्तै अविनास कर्णले २ विकेट लिए। 

यसअघि टस हारेर  पहिलो ब्याटिङका लागि उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७४ रनको विशाल योगफल खडा गरेको थियो । विराटनगरलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याउन अ‌ंशुमन रथ र बाबर हायातले दोश्रो विकेटका लागि १०७ रनको महत्वपूर्ण साझेदारी गर्दै  टोलीको इनिङ उकासेका थिए । हायातले ८१ र रथले ४१ रनको योगदान दिए हायातले ४२ बलमा ५ चौका र ६ छक्का प्रहार गरेका थिए । यसक्रममा उनले दिपेन्द्र सिंह ऐरीको एकै ओभरमा लगातार चार छक्का प्रहार गरेका थिए । त्यस्तै ४० बल खेलेका रथले पाँच चौका प्रहार गरे। 

चितवनका प्रविन गुप्ताले ह्याट्रिक विकेट लिएपनि त्यो पर्याप्त भएन् । अन्तिम ओभरको चौथो बलमा अनिल शाहलाई आउट गरेका गुप्ताले पाँचौ बलमा पुनित थापामगर र छैठौँ बलमा पुष्प थापालाई आउट गर्दै प्रतियोगिताको ह्याट्रिक लिने पहिलो खेलाडी बनेका थिए। 

यस जितपछि तीन खेलमा सतप्रतिशत नतिजा निकालेको विराटनगर ९ अंकका साथ अंकतालिकाको शिर्ष स्थानमा छ। अंकविहीन चितवन अन्तिम स्थानमा छ। 

प्रकाशित: ७ पुस २०७४ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App