६ वैशाख २०८१ बिहीबार
अर्थ

सिटी एक्स्प्रेस र अल् फर्दानबीच सम्झौता

काठमाडौं-  दुबईको रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज, दुबई र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौतामा हस्ताक्षर भएको छ।। सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फ बाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान  एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले  हस्ताक्षर गरे। दुबईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन सक्नेछन्।

त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५००० भन्दा बडी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सक्ने कम्पनीले जनाएको छ। सम्झौता पत्रमा दस्तखत गर्दै  ओसामा अल् रह्माले सिटी एक्स्प्रेससँग सम्झौता भएकोमा ज्यादै खुशी लागेको ब्यक्त गर्दै आगामी दिनमा नेपालमा रेमिटेन्स  पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मज्बुद हुँदै जाने बताए। साथै सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधी अनुसार सहकार्य गर्दै जाने समेत बताए। सिटी एक्स्प्रेसले रेमिटान्स छेत्रमा बिगत ११ बर्ष देखि रेमिटान्स सेवा दिदै आइरहेको छ।

 

 








 

प्रकाशित: ७ पुस २०७४ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App