coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

१४ नेपाली मृत्युको खबरले प्रधानमन्त्री ओली स्तब्ध

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा १४ नेपालीको मृत्यु  भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।
सामाजिक संजाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलेल अफगानिस्तानमा १४ जना नेपालीहरुको ज्यान जाने गरी भएको घटनाले आँफू स्तब्ध भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्रीले साे घटनामा परी घाइते भएकाकाे स्थास्थ्य लाभकाे कामना गरेका छन्। प्रधानमन्त्रीले  साे अाततायी घटनाकाे नेपाल सरकारले घाेर भर्त्सना गरेकाे उल्लेख गरेका छन्।


अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम हमलामा १४ नेपालीको मृत्यु भएको थियो।  

यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री  कमल थापाले पनि काबुलमा भएको घटनाले आँफू स्तब्ध भएको बताएका छन् ।
‘अफगानिस्तानको राजधानी काबुलमा १४ नेपालीको मृत्यु जाने गरी भएको अतंकबादी हमलाको कडा भत्र्सना गर्दछु ,’ परराष्ट्रमन्त्री थापाले ट्विट गर्दै भनेका छन्,‘ घटनामा परी मृत्यु भएका निर्दोष मृतकप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

 

प्रकाशित: ६ असार २०७३ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App