८ वैशाख २०८१ शनिबार
प्रवास

प्ले स्टोरबाट हटाइयो तालिवानको एप

गुगल प्ले स्टोरबाट आतंकवादी समूह तालिवानको अलेमारा नाम गरेको एप हटाएको छ । पास्ह्तो भाषाको यो एपमा तालिवानको आधिकारीक विज्ञप्ती र भिडियोहरु राख्ने गरिन्थ्यो ।

यो एप अप्रिल १ मा प्लेस्टोरमा राखिएको थियो । तालिावानले प्राविधिक समस्याको कारणले एप हटाइएको बताए पनि यसमा घृणा फैलाउने सामग्री राखिएकाले गुगल आफैंले हटाएको हुनसक्ने अनुमान गरिएको छ ।

जिहादी क्रियाकलापको अनुसन्धान गर्ने अमेरिकी संस्था साइट इन्टेल ग्रुपले यो एपको बारेमा जानकारी सार्वजनिक गरेको थियो ।

यो एप प्ले स्टोरबाट हटाइएको विषयमा गुगलले प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

प्रकाशित: २६ चैत्र २०७२ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App