६ वैशाख २०८१ बिहीबार
अर्थ

नागरिकको ग्राहक योजनाको स्कुटर खनाललाई

विराटनगर- नेपाल रिपव्लिक मिडिया प्रालिले पूर्वाञ्चलमा लागु गरेको वार्षिक ग्राहक योजना अन्तर्गतको बम्पर उपहार महिन्द्राको गुस्टो स्कूटर झापा, विर्तामोडकी सेलिना खनालले लक्की ड्रमार्फत जितेका छन्।

प्रालिको क्षेत्रीय कार्यालय, विराटनगरमा शुक्रवार समाजसेवी एवं उद्योगपति दिनबन्धु गोयलले लक्की ड्रको कुपन सार्वजनिक गरेका हुन्। यो ग्राहक योजना अन्तर्गत पूर्वाञ्चलमा ६ हजार २ सय ५२ जना नागरिक दैनिकको वार्षिक ग्राहक बनेका छन् । यो ग्राहक योजना तीन महिना चलेको थियो ।

महिन्द्रा कम्पनीको १ सय २५ सिसिको गुस्टो स्कूटर बम्पर लक्की ड्रमार्फत  १७५१८ ग्राहक नम्बर रहेको खनालले प्राप्त गरेका छन्। यो योजना अन्तर्गत ग्राहक बनेका ६ हजार २ सय ५२ जनामध्ये लक्की ड्रमार्फत बम्पर उपहार उनले जितेका हुन्।

प्रकाशित: ७ पुस २०७४ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App