म कामको हेभीवेट हुँ : सिँचाइ मन्त्री गौतम

शुक्रबार, ०७ पुष २०७४, १३ : ३६ नागरिक

काठमाडौँ – सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रियसभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताएका छन्। 

रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा उनले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्नेमा जोड दिए। 

मन्त्री गौतमले समानुपातिक–समावेशी सिद्धान्तका आधारमा एकल संक्रमणीय व्यवस्थाअनुसार अध्यादेश ल्याइएको बताउँदै राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उनको भूमिकामा टिप्पणी गर्नु अमर्यादित हुने विचार व्यक्त गरे। 

काँग्रेस र एमाले बीच राजनीतिक दूरी बढिरहेको अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी भूमिका खेल्नुपर्छ, उनले भने, “विशेषगरी सरकार र दलबीच संवाद सञ्चालन गर्न उनको भूमिका यतिबेला खाँचो छ।” 

मन्त्री गौतमले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले उनीहरुले सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै “अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यहीअनुसारको तयारी गर्नुपर्छ” भने। 

संस्थागतरुपमा काँग्रेस सञ्चालन हुन नसक्दा पराजय भोग्नु परेको छ, उनले भने, “अहिलेको परिणामले हामीलाई स्तब्ध बनाएको छ, यसको समीक्षा गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्छ।” 

मन्त्री गौतमले निर्वाचनमा आफ्नो क्षेत्रका जनताले कामको हेभीवेटलाई विश्वास गरेको बताउँदै “मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा शुरुदेखि नै विश्वास थियो, नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ।” 






यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad