coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

जितपुर – प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ। 

युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए। 

भगवान् गौतम बुद्धको ऐतिहासिक ठाउँ, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि राजधानीका लागि अतिउत्तम जिल्ला रहेको भन्दै दबाबस्वरुप प्रदर्शन गरेका हुन्। 

दाङ र बुटवल राजधानी बनाउने विषयमा तीव्र विवाद भएको र यसको उत्तम विकल्प कपिलवस्तु नै भएकाले पनि प्रादेशिक राजधानी यहीँ नै हुनुपर्ने उनीहरुले माग राखेका छन्। 

प्रकाशित: ७ पुस २०७४ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App