coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकप आजबाट सुरु

फिदिम- पाँचथरको फिदिममा आजबाट रुस्लान नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। फिदिम उच्च माविको खेलमैदानमा आज हुने प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी ११ र डिभाइन ब्वाइज युनियन क्लब काठमाडौं भिड्दैछन्।

राष्ट्रिय,मोफसल र भारतको एउटा टोली गरी १० वटा टोलीको सहभागिता रहेको प्रतियोगिता पुस १६ गते सम्म सञ्चालन हुनेछ। 
नेपालका १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिता फिदिम स्पोर्टिङ क्लब पाँचथरले आयोजनामा गरेको हो। 

यसपल्टको ९ औं संस्करणलाई रुस्लान भोडकाले मुख्य प्रायोजन गरेको छ। प्रतियोगिताको विजेतालाई नगद ३ लाख र उपविजेतालाई २ लाखसहित ट्रफी र मेडल प्रदान गर्नुका साथै सबै विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले बताए।

 

प्रकाशित: ७ पुस २०७४ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App