८ वैशाख २०८१ शनिबार
खेल

फिफा वरियतामा नेपाल १ स्थान तल

काठमाडौं– फिफा वरियतामा नेपाल १ स्थान तल झरेको छ। फिफाले हिजो जारी गरेको यो महिनाको वरियतामा नेपाल १ स्थान तल झर्दै १ सय ७१औं स्थानमा पुगेको छ। 

अघिल्लो महिना फिफाले जारी गरेको वरियतामा ६ स्थान माथि चढ्दै नेपाल १ सय ७०औं स्थानमा आइपुगेको थियो। दक्षिण एसियाली मुलुकमा भने नेपाल तेस्रो स्थानमा यथावत छ। 

नेपालभन्दा अघि दक्षिण एसियाली मुलुकको शिर्ष स्थानमा भारत १०५,माल्दिभ्स १५५ र अफगानस्थान १४८ औं स्थानमा छन्। त्यस्तै नेपाल भन्दा मुनी भुटान १८७, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्थान २०१ औं स्थानमा छन्। 

विश्व वरियताको शीर्ष स्थानमा जर्मनी, दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा पोर्चुगल, चौंथो स्थानमा अर्जेन्टिना र पाँचौं स्थानमा बेल्जियम छन् । त्यस्तै छौटौं स्थानमा स्पेन, सातैं स्थानमा पोल्याण्ड, आठौं स्थानमा स्वीट्जरल्याण्ड, नवौं स्थानमा फ्रान्स र दशौं स्थानमा चिली छन्। 

 

प्रकाशित: ७ पुस २०७४ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App