बिजुली दिने व्यवस्था मिलाउन प्राधिकरणलाई हम्मे

शुक्रबार, ०७ पुष २०७४, ०७ : ३७ नागरिक

काठमाडौं–मुलुकमा बिजुलीको मागभन्दा आपूर्ति करिव तीन सय मेगावाटले कमी भए पछि नेपाल विद्युत् प्राधिकरणलाई लोडसेडिङ हुन नदिने गरी व्यवस्थापन मिलाउन चाप परेको छ ।
अहिले मुलुकभरमा बिजुलीको माग एक हजार दुई सय ६४ मेगावाट छ । आपूर्ति भने नौ सय ६४ मेगावाट मात्र छ । यही माग र आपूर्तिबीच तालमेल मिलाउन प्राधिकरणका अधिकारीहरुलाई हम्मे परेको हो ।  अत्यधिक चिसोका कारण हिँउ पग्लन नसक्दा नदीमा पानीको बहावमा कमी आएपछि स्वदेशी आयोजनाबाट बिजुली उत्पादनमा कमी आएको छ । यसैबेला भारतबाट आयात हुने बिजुलीमा पनि कमी आएको छ । 
प्राधिकरणले निर्माण गरेका जलविद्युत आयोजनाबाट तीन सय ७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट दुई सय २० मेगावाट र भारतबाट तीन सय ७२ मेगावाट गरी कुल नौ सय ६४ मेगावाट विद्युत आपूर्ति भइरहेको छ । नपुग करिब तीन सय मेगावाट बिजुलीको व्यवस्थापन प्राधिकरणका अधिकारीले सर्वसाधारणलाई थाहै नदिई गरेका छन् । प्राधिकरणका अधिकारीले ‘कुशल व्यवस्थापन’बाट बिजुलीको आपूर्ति व्यवस्था मिलाएको बताउँदै आएका छन् । 
प्राधिकरण स्रोतका अनुसार सर्वसाधारणलाई लोडसेडिङ गरेको नभई अचानक त्यसै बिजुली गएको होला भन्ने भ्रममा राखेर चलाखीपूर्ण तरिकाले व्यवस्थापन गरिँदै आएको छ ।
‘कुनै एक क्षेत्रमा केही बेर बिजुली काट्ने, अर्कोतिर दिने, काटेको स्थानमा फेरि बिजुली दिने अर्को क्षेत्रमा कटौती गर्ने गरी व्यवस्थापन गरिएको छ,’ स्रोतले नागरिकलाई बिहीबार भन्यो, ‘यसैलाई प्राधिकरणले कुशल व्यवस्थापन भन्दै आएको छ ।’
सर्वसाधारणले यसलाई ‘अघोषित लोडसेडिङ’ भनेका छन् । तर, प्राधिकरणले भने अघोषित लोडसेडिङ भन्न रुचाएको छैन । सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको भन्न थालिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार विज्ञप्ति जारी गर्दै अघोषित लोडसेडिङ नगरेको प्रस्ट पारेका छन् ।
‘विगत केही दिनदेखि अघोषितरुपमा लोडसेडिङ भइरहेको भन्ने समाचारहरु सम्प्रेषण भइरहेकोमा सोप्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घन्टाबाहेक अन्य ग्राहकलाई घोषित÷अघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्रस्ट पार्न चाहन्छौं ।’
बिजुलीको खपत बढी हुने समय साँझ र बिहान औद्योगिक क्षेत्रको बिजुली थप कटौती गरेर भए पनि सर्वसाधारणलाई बिजुली दिने योजना प्राधिकरणले बनाएको छ । ‘बिजुलीको माग बढी हुने समयमा औद्योगिक क्षेत्रलाई कटौती गरेर भए पनि सर्वसाधारणलाई उज्यालो दिने योजना बनाएका छौ,’ प्राधिकरणका एक प्राविधिकले भने, ‘बिजुलीको उत्पादन बढाउन सकिने सम्भावना पनि नभएको र भारतबाट थप बिजुली ल्याउने सम्भावना नभएकाले अन्तिम अस्त्र औद्योगिक क्षेत्रको बिजुली कम गरेर सर्वसाधारण दिनु हो ।’
प्रत्येक वर्ष बिजुलीको माग १० प्रतिशतका दरले बढेको छ । तर, हिउँदमा बिजुली उत्पादन भने कमी हुँदै गएको छ । नदी प्रवाहमा आधारित आयोजनाबाट बिजुली उत्पादन स्वाट्टै घटेको छ । एक सय ४४ मेगावाटका कालीगण्डकी जलविद्युत आयोजनाबाट एक सय मेगावाटभन्दा कम बिजुली उत्पादन हुँदै आएको छ । जबकि त्यही आयोजनाबाट गत वर्षको अहिलेको समयमा एक सय मेगावाट भन्दा बढी बिजुली उत्पादन भएको थियो ।
७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको मस्र्याङ्दी आयोजनाबाट उत्पादित हुने बिजुलीमा पनि आधाभन्दा बढीले कमी आएको प्राधिकरणको भनाइ छ । यसले गर्दा पनि लोडसेडिङ हुन नदिन प्राधिकरणलाई सकस परेको हो ।
स्वदेशी जलविद्युत् आयोजनाबाट कम बिजुली उत्पादन हुन थाल्नु र भारतबाट आउने बिजुलीमा पनि कटौती भएपछि नेपाल विद्युत् प्राधिकरणलाई लोडसेडिङ रोक्न सकस परेको छ ।
गत वर्षको यही अवधिमा भन्दा यसपालि बिजुलीको माग ह्वात्तै बढेको छ । तर, आपूर्ति घट्दै गएपछि प्राधिकरणलाई लोडसेडिङ हुन नदिन हम्मे देखिएको हो ।
भारतीय सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका लागि भन्दै पेट्रोकोक र फर्नेस आयलबाट उत्पादित विद्युत्मा रोक लगाउन राज्य सरकारहरुलाई आदेश दिएसँगै करिब ५५ मेगावाट बिजुली भारतबाट आउन रोकिएको छ । यसले पनि प्राधिकरणलाई समस्या पारेको हो ।
हाल टनकपुरबाट आउने ३० मेगावाट र मुजफ्फरपुर–ढल्केबरबाट आउने २५ मेगावाट कटौती भएको प्राधिकरणको भनाइ छ । ‘२५ मेगावाटको सोलर प्रणाली र एलइडी बल्ब ल्याउने योजना पनि अगाडि नबढेका कारण समस्या आएको हो,’ उनले भने, ‘बिजुलीको व्यवस्थापन गरेर सकेसम्म लोडसेडिङ हुन दिँदैनौ ।’
आवश्यकता अनुसार कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाट बिजुली उत्पादन गर्दै जाने योजना प्राधिकरणको छ । त्यसले पनि नपुगे हेटौंडामा रहेको १४ मेगावाटको डिजेल प्लान्ट र विराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लान्ट पनि सञ्चालन गर्नेछ । हिउँदमा सकेसम्म लोडसेडिङ हुन नदिने गरी आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणलाई बिजुलीको व्यवस्थापन गर्न समस्या पर्न थालेपछि बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै बढी क्षमताका बत्ती, हिटर, राइसकुकर, ओभन, आइरन, इन्डक्सन हिटर, पानी तान्ने मोटरलगायत उपकरण नचलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । 
साँझको समयमा गार्हस्थ (घरायसी प्रयोजनको लागि) बिजुलीको माग अत्यधिक बढेकाले सो समयमा बिजुली बढी खपत हुने उपकरण नचलाउन प्राधिकरणले आग्रह गरेको हो । नदीहरुमा जलप्रवाह कम हुँदै गएकाले पनि साँझको समयमा ऊर्जा संकट हुने सम्भावना देखिएको प्राधिकरणको भनाइ छ ।
बिजुलीको माग बढी हुने साँझको समयमा उद्योग नचलाउन पनि प्राधिकरणले आग्रह गरेको छ । बेलुका ६ देखि ९ बजेसम्म उद्योग चलाए कारबाही गर्ने चेतावनी दिएको छ । बेलुकाको समयमा बढी बिजुली खपत हुन थालेपछि प्राधिकरणले जलाशययुक्त आयोजना सञ्चालन र उद्योगको बिजुली कटौती गर्नुपरेको हो । 
३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाबाट आगामी महिनासम्ममा बिजुली थपिने र कुलेखानीको उत्पादनले माग व्यवस्थापन गर्ने योजना प्राधिकरणले बनाएको छ । त्यसले पनि लोडसेडिङ हुने अवस्था आए उद्योगमा दिइरहेको बिजुली कटौती गरेर पनि नागरिकलाई उज्यालोमा राख्ने योजना छ । उद्योगमा बेलुकी जस्तै बिहान पनि बिजुली कटौती हुन सक्ने सम्भावना धेरै भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad