५ वैशाख २०८१ बुधबार
अर्थ

उद्यम विकासमा पढाइ हुने

मन्त्रालयका अधिकारी र विश्वविद्यालयका पदाधिकारीबीच सम्झौता हुँदै ।

काठमाडौं–उद्योग मन्त्रालयसँगको सहकार्यमा पोखरा विश्वविद्यालयले उद्यम विकासको अध्यापन सुरु गर्ने भएको छ । 
पहिलो चरणमा स्नातक तहमा अध्यापन गर्न मन्त्रालय र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र पोखरा विश्वविद्यालयका डिन प्राध्यापक डा. इन्द्रप्रसाद तिवारीले  सम्झौता पत्रमा हस्ताक्षर गरे । 
सम्झौता अनुसार विश्वविद्यालयले प्राविधिक समिति गठन गरेर उद्यमशीलता विकास तथा गरिबी निवारण सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने र सम्बन्धनप्राप्त क्याम्पसलाई अध्यापन सुरु गर्न अनुमति प्रदान गर्ने बताइएको छ । पाठ्यक्रम तयार गर्न लाग्ने खर्च मन्त्रालयको लघु उद्यम विकास कार्यक्रम र विश्वविद्यालयले संयुक्त रूपमा बेहार्नेछन् । २०७४ चैत मसान्तसम्म पाठ्यक्रम तयार गरिसक्ने जानकारी दिइएको छ । 
उद्योगमन्त्री सुनिलबहादुर थापाले उद्यम विकासको अध्ययन समय सापेक्ष भएको र यसलाई व्यवहारिक बनाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा व्यक्त गरे । मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले उद्यम विकासको अध्ययनले  गुणस्तरीय जनशक्ति तयार गरी औद्योगीककरणमा योगदान पुग्ने अपेक्षा गरिन् । 
 सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्रालयकै सहसचिव कोइरालाले उद्यम विकासको अध्ययनले रोजगारी वृद्धिमा पनि सघाउने बताए । विश्वविद्यालयका डिन तिवारीले देशको आवश्यकता अनुसार उद्यमशीलता प्रवद्र्धनका लागि विशेष सीप भएका स्नातक तहको जनशक्ति तयार हुने बताए । कार्यक्रममा सहभागी युएनडिपीका उपराष्ट्रिय निर्देशक सोफी केमखाज्देले उद्यम विकासको अध्यनले गुणस्तरीय जनशक्ति उत्पादन हुने र जसले दिगो विकास लक्ष्यलाई योगदान पु¥याउने बताए ।  अष्ट्रेलियन राजदुत पीटर वडले उद्यमशीलतालाई संस्थागत गर्न मन्त्रालयले थालेको प्रयासप्रति खुशी व्यक्त गरे ।  

 

प्रकाशित: ७ पुस २०७४ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App