७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाण्डे १० लाख धरौटीमा छुटे

काठमाडौं–मेनपावर व्यवसायीसँग १० लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे बिहीबार धरौटीमा छुटेका छन् । 
विशेष अदालतले पाण्डेलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । नेपाल बंगलादेश बैंकमा धरौटी रकम जम्मा गरेपछि पाण्डेसँगै पक्राउ परेका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायबसुब्बा खड्क केसी साधारण तारेखमा रिहा भएका हुन् । 
कात्तिक २९ गते नयाँवानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा दुई कर्मचारी पठाएर रकम असुल गरिरहेको बेला पक्राउ परेका पाण्डेलाई विशेष अदालतका न्यायधीसद्वय बाबुराज रेग्मी र प्रमोदकुमार बैद्यको इजलासले रिहा गर्ने आदेश दिएको हो ।

 

प्रकाशित: ७ पुस २०७४ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App