४ वैशाख २०८१ मंगलबार
समाज

परस्त्रीसंग अवैध यौनसम्पर्कमा लिप्त प्रहरीलाई स्थानीयले समाते

कोहलपुर- परस्त्रीसंग अवैध यौनकार्यमा संग्लन भैईरहेको अवस्थामा नौवस्ताका स्थानीय बाल क्वल र युवा क्लवले दुई प्रहरीलाई रंगेहात फेला पारेका छन्। पति विदेशमा रहेका महिलासँग शनिबार रात्री ११ बजे यौनकार्यमा संग्लन प्रहरी चौकी नौवस्तामा कार्यरत हवल्दार झरेन्द्र कार्की र जवान रमेश गौतम नौवस्ता–७ बाट रंगेहात स्थानीले नियन्त्रणमा लिएका हुन्।

गाविसस्तरीय बाल क्लव सन्जाल र पञ्चदेव युवा क्लवले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेका हुन्। उनीहरुलाई शनिबार रात्री ११ बजे नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयलाई बुझाएको छ। कोहलपुर प्रहरी चौकीका प्रहरी निरीक्षक नवराज पोखरेलले दुवै जनालाई पक्राउ गरि थुनामा राखिएको बताए। उनीहरुलाई विभागिय कारवाहीका लागि सिफारिस गरिएको र उनीहरुले दोषको भागेदार हुने उनले भने।

  स्थानीय विवाहित महिलासंग दैनिक आवतजावत गर्दै समाजमा गलत प्रवृति फलाएको भन्दै बाल क्लव र युवा क्लवले उनीहरुलाई रंगेहात पक्राउ गरेका थिए।

प्रकाशित: २३ श्रावण २०७३ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App