८ वैशाख २०८१ शनिबार
खेल

फाइनलमा प्रणव र संरक्षक

काठमाडौं–प्रणव खनाल र संरक्षकभूषण वज्राचार्य १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको सेमिफाइनलमा प्रणवले संरक्षकका भाइ सम्यकलाई ६–२, ६–२ तथा संरक्षकले निन्वाम राईलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा मायांका राणा फाइनलमा पुगिन् । दोस्रो सेमिफाइनलमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई निर्णायक सेटमा ६–४ ले हराइन् । उक्त सेमिफाइनल बुधबार १–१ को बराबर स्थितिमा खराब प्रकाशका कारण स्थगित भएको थियो । फाइनलमा मायांकाको भेट प्रेरणा कोइरालासँग हुनेछ ।
यु–१४ ब्वाइज सिंगल्समा आदित सुवेदीले आर्यन गिरीलाई १–६, ७–५, ६–० तथा निशान श्रेष्ठले सरोज तामाङलाई ७–५, ६–३ को सेटमा पाखा लगाउँदै फाइनल स्थान सुरक्षित गरे ।
यु–१८ गल्र्स डबल्समा मायांका र माहिकाको जुम्ल्याहा जोडीले प्रेरणा कोइराला र शुभाङ्गीलक्ष्मी शाहको जोडीलाई ६–१, ६–३ तथा विजिशा श्रेष्ठ र अभिलाषा विष्टको जोडीले इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीलाई ६–१, ६–१ को सीधा सेटमा पन्छाउँदै फाइनल यात्रा तय गरे ।
यु–१८ ब्वाइज डबल्समा दाइ संरक्षक र भाइ सम्यकको जोडीले सरोज तामाङ र सफल श्रेष्ठको जोडीलाई ६–०, ६–१ तथा प्रणव खनाल र आदित सुवेदीको जोडीले कुवेहाङ चेम्जोङ र निश्चल अधिकारीको जोडीलाई ६–२, ६–० ले हराउँदै फाइनल स्थान पक्का गरे ।
यु–९ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले अद्या पौडेललाई ०–४, ४–१, ४–२ तथा सुनिरा थापाले जेनी खड्कालाई ४–०, ४–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । सोही स्पर्धाको ब्वाइजमा सक्षमविक्रम शाहले निशाद जोशीलाई ४–१, ४–० तथा आयुष्मानहजुर घलेले राजवीर प्रधानलाई ०–४, ५–४, ४–२ ले पाखा लगाउँदै फाइनल पुगे ।
यु–१० ब्वाइज सिंगल्समा प्रणव मानन्धरले संरक्षकविक्रम शाहलाई ७–५ र ६–३ तथा आरभसम्राट हाडाले राजवीर प्रधानलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

 

प्रकाशित: ७ पुस २०७४ ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App