coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सेगुनको दोहोरो ह्याट्रिक

धनगढी–विदेशी खेलाडी सेगुनले दोहोरो ह्याट्रिक गर्दा न्यु बुद्ध युवा क्लब फूलबारीलाई ८–१ ले पराजित गर्दै आयोजक फारवेस्ट पशुपति युवा क्लब धनगढीमा सञ्चालित फारवेस्ट पशुपति कप फुटबलको फाइलनमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा न्यु बुद्धले सुरुमै गोल गरे पनि लय लिन नस्कदा फराकिलो हार बेहोर्नुप¥यो । निकै रोमाञ्चक खेलको १४औं मिनेटमा न्यु बुद्धका लक्ष्मण शाहीले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई फारवेस्टले ३ मिनेट पनि टिक्न दिएन । १७औं मिनेटमा विदेशी खेलाडी सेगुनले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । फारवेस्टका रोशन खत्रीले ४३औं मिनेटमा  गोल गर्दै आफ्नो टोलीलाई २–१ को अग्रता दिलाए । 
खेलको ४४औं मिनेटमा महेश चन्दले गोल गर्दै खेलअन्तर ३–१ मा पु¥याए । त्यसपछि लगातार ५ गोल गर्दै सेगुनले दोहोरो ह्याट्रिक पूरा गरे । उनले ६३, ६७, ७७, ८३ र ८७औं मिनेटमा गोल गरे । सेगुन नै खेलको म्यान अफ दी म्याच घोषित भए । 
पहिलो पटक धनगढीमा फुटबल खेल्न आएका सेगुनले दर्शकहरूको साथ र अन्य खेलाडीको तालमेलका कारण राम्रो खेल्न सकेको बताए । फाइनलमा पनि राम्रो प्रदर्शन गरेर उपाधि जित्ने उनको भनाइ थियो । सेगुन केही वर्षदेखि काठमाडांैका विभिन्न ए डिभिजन क्लबमा आबद्ध भएर व्यावसायिक फुटबल खेल्दै आएका छन् । 
फारवेस्ट पशुपति युवा क्लबका प्रशिक्षक हरि बोहोराले सुरुमा तालमेल नमिलेका कारण गोल खाए पनि पछि खेलमा फर्केर सहज जित हात पारेको बताए । 
न्यु बुद्ध युवा क्लब फूलबारीका प्रशिक्षक महेश गोलेले गोल खाएपछि मनोबल खस्किएको र विदेशी खेलाडी राम्रो खेल्छन् भन्ने मनोविज्ञानले आफ्ना खेलाडीले राम्रो खेल्न नसकेको बताए ।  उपाधिका लागि आयोजक फारवेस्ट पशुपति युवा क्लब र पिएफए अत्तरिया भिड्ने भएका छन् । पिएफए अत्तरिया यसअघि नै सुदूरपश्चिम–११ स्पोर्टस क्लबलाई १–० ले हराउँदै फाइनल पुगिसकेको छ । मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गते शनिबार सकिनेछ । 

 

प्रकाशित: ७ पुस २०७४ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App