८ वैशाख २०८१ शनिबार
समाज

मानव बेचविखनकाे आरोपमा वडाध्यक्ष पक्राउ

त्रिशूली –  दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ। 

मानव बेचबिखनमा संलग्न भएको आरोपमा नुवाकोट जिल्ला अदालतमा मुद्दाको तारेख खेप्दै आएका सुनबहादुरलाई व्युरोले बुधबार अपराह्न घ्याङफेदीस्थित वडा कार्यालयबाट पक्राउ गरी काठमाडौं लगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ४९ वर्षीय सुनबहादुर मानव बेचबिखन तथा ओसारपसारका आरोपमा मुद्दा खेपिरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिए। 
अभियुक्तविरुद्ध मानव बेचबिखन घटनामा संलग्न भएको आरोपमा २०७१ साल वैशाख ५ गते नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। पीडित एक महिलाले सुनबहादुरसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन्। दश महिना अगाडि पक्राउ परेका उनी रु छ लाख धरौटीमा तारेखमा रिहा भएका थिए। 

वैशाख ३१ गतेको निर्वाचन अगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर उनी निर्वाचित भएका थिए। सो मुद्दामा उनले नुवाकोट जिल्ला अदालत विदुरमा आफैंँ उपस्थित भएर मासिक रुपमा पेशी लिइरहेको जिल्ला अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले बताए। उनको अर्को तारेख यही पुस ११ गते रहेको छ। 

प्रकाशित: ६ पुस २०७४ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App